बेत्रावतीमा बेलिब्रिज निर्माण सम्पन्न, गल्छी–रसुवागढी सडक सञ्चालनमा
बिरगंज, पर्सा, २५ असोज
नुवाकोट। भोटेकोशी बाढीले नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध गल्छी–त्रिशूली–बेत्रावती–रसुवागढी सडकखण्ड पुनः सञ्चालनमा आएको छ। बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले बेलिब्रिज निर्माण सम्पन्न गरेपछि आइतबारदेखि उक्त सडकखण्डमा यातायात सेवा सुचारु भएको हो।
गत भदौ १० गते ल्हेन्देखोलाबाट रसुवागढी नाका हुँदै भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली नदीमा मिसिएपछि आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती र रसुवाको उत्तरगया गाउँपालिका–५ जोड्ने फलाखु खोलामाथिका दुईवटा पक्की पुल बगाएको थियो। पुल बगाएपछि नुवाकोट र रसुवाबीचको मुख्य सडक सम्पर्क विच्छेद हुँदा यात्रु आवागमनसँगै खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित भएको थियो।
वैकल्पिक कच्ची सडक सञ्चालनमा ल्याइए पनि यातायात सहज हुन सकेको थिएन। सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउने उद्देश्यले नेपाल सरकारले पुल निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएपछि सेनाले बेलिब्रिज निर्माणको काम अघि बढाएको थियो।
नेपाली सेनाले असोज २० गतेदेखि निर्माण सुरु गरेको ७३ दशमलव २ मिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको एक्रो बेलिब्रिज निर्माण सम्पन्न गरेको हो। सडक विभाग र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको उक्त पुलको अधिकतम भारवहन क्षमता ४० टन रहेको छ।
निर्माण सम्पन्न भएपछि नेपाली सेनाका उपरथी अनुपजंग थापाले पुल गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेंसी सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरेका थिए। हस्तान्तरणपछि आइतबारदेखि पुल सर्वसाधारण तथा सवारीसाधनका लागि खुला गरिएको हो।
पुल सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट र रसुवाबीचको मुख्य सडक सञ्जाल पुनः जोडिएको छ। यससँगै यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज हुने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा देखिएको समस्या कम हुने अपेक्षा गरिएको छ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बेलिब्रिज सञ्चालनमा आएसँगै खाद्यान्न तथा अन्य सामग्रीको ओसारपसार सहज हुने बताए। बाढीले टुटाएको सडक सम्पर्क, रोकिएको यात्रा र प्रभावित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन पुलले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
स्थानीयवासी दिलकृष्ण श्रेष्ठले बेलिब्रिज निर्माणमा नेपाली सेना, नेपाल सरकार, स्थानीय सरकार र सडक विभागको सहयोग महत्त्वपूर्ण रहेको बताए। बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि लामो समयदेखि आवागमनमा समस्या भोगिरहेका नुवाकोट र रसुवाका नागरिकका लागि पुल सञ्चालनमा आउनु ठूलो राहत भएको उनले उल्लेख गरे।
यसअघि बाढीबाट क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी सडक मार्ग निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। त्यसपछि बेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडानको काम अघि बढाइएको थियो। बेलिब्रिज निर्माण सम्पन्न भएसँगै नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्गमध्ये एक गल्छी–त्रिशूली–बेत्रावती–रसुवागढी सडकखण्डमा यातायात पुनः सुचारु भएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






