.बुढीगण्डकीमा आएको बाढीले गोरखाको सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठूलो क्षति
बिरगंज, पर्सा, २५ असोज
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ। आइतबार बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित आएको बाढीले चारदेखि पाँचवटा बस्ती प्रभावित भएका छन्।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ भने खोला वारपार गर्ने पुलहरू बगाएका छन्। नदी किनारका बस्तीमा समेत क्षति पुगेको छ।
बाढी प्रभावित क्षेत्रको अवस्था नाजुक रहेको बताउँदै उपाध्यक्ष गुरुङले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएकी छन्। प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझ्ने र क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको उनले बताइन्।
यसैबीच, प्रहरी चौकीका असई ऋषिराम यादवका अनुसार बाढीले सल्लेरी बजार बगाएको प्रारम्भिक सूचना आएको छ। त्यस्तै, जगत बजारमा पनि ठूलो क्षति पुगेको खबर प्राप्त भएको उनले बताएका छन्।
बाढीपहिरोका कारण कुन–कुन बस्तीमा कति क्षति पुगेको छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। मानवीय तथा भौतिक क्षतिको यकिन विवरणसमेत संकलन भइरहेको छ।
प्रभावित क्षेत्रको अवस्था र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






