२६ वैशाख,काठमाडौं । तामिलनाडु विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै राज्यमा नयाँ सरकार गठनको राजनीतिक दौड तीव्र बनेको छ। सबैभन्दा ठूलो दल बनेको तमिलगा वेत्री कझगम का प्रमुख जोसेफ विजय लाई सरकार गठनका लागि अझै दुई विधायकको समर्थन आवश्यक परेको छ।
२३४ सदस्यीय तामिलनाडु विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्नेमा टीभीकेले १०८ सिट जितेको छ। विजयलाई भारतीय राष्ट्रिय कांग्रेस का ५, भारतीय कम्युनिस्ट पार्टी का २ तथा मार्क्सवादी कम्युनिस्ट पार्टी का १ विधायकको समर्थन प्राप्त भएको बताइएको छ। यससँगै उनको पक्षमा ११६ विधायक पुगेका छन्।
यस्तो अवस्थामा दुई सिट जितेको विदुथलाई चिरुथैगल काची सरकार गठनको समीकरणमा निर्णायक बनेको छ। भीसीकेले समर्थनको बदलामा सरकारमा अर्थपूर्ण सहभागिता खोजेको जनाएको छ।
पार्टीका महासचिव डी. रविकुमार का अनुसार जिम्मेवारीबिनाको समर्थन प्रभावकारी नहुने भन्दै सरकारमा प्रत्यक्ष सहभागिताको संकेत गरिएको छ। भीसीकेले आफ्ना नेता थोल थिरुमावलवन लाई उपमुख्यमन्त्री बनाउन माग गरेको जनाइएको छ।
त्यस्तै आगामी निर्वाचनका लागि चिदम्बरम लोकसभा सिटमा समेत आफ्नो दाबी सुरक्षित गर्न भीसीकेले माग राखेको बताइएको छ।
अभिनेताबाट राजनीतिमा आएका विजयले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका छन्। उनले ‘तिरुची पूर्व’ सिट छाड्न सक्ने चर्चा चलिरहेका बेला भीसीकेले उक्त क्षेत्रमा पनि आफ्नो दाबी प्रस्तुत गरेको छ।
यसबीच विजयले राज्यपाल राजेन्द्र अर्लेकर लाई भेटेर ११६ विधायकको समर्थनपत्र बुझाइसकेका छन्। तर, बहुमत नपुगेसम्म सरकार गठनका लागि औपचारिक आह्वान हुने सम्भावना कम रहेको बताइएको छ।
यदि टीभीके र भीसीकेबीच सहमति जुट्न नसके राज्यमा संवैधानिक जटिलता उत्पन्न हुन सक्ने विश्लेषण गरिएको छ। यस्तो अवस्थामा विधानसभा भंग वा राष्ट्रपति शासनको सिफारिससम्मको अवस्था आउन सक्ने चर्चा भइरहेको छ।
२६ वैशाख, धनगढी । नेपाली कांग्रेस को सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ले दुईदिने भेलाको आयोजना गरेको हो।
प्रतिष्ठानका संयोजक उपसभापति विश्वप्रकाश शर्मा रहेका छन्। भेलामा कांग्रेस सभापति गगन थापा पनि सहभागी भएका छन्। सभापति बनेपछि थापा पहिलो पटक सुदूरपश्चिम पुगेका हुन्।
प्रदेश तथा स्थानीय तहलाई केन्द्रित गर्दै प्रतिष्ठानले सबै प्रदेशमा दुईदिने भेला सञ्चालन गरिरहेको जनाएको छ। धनगढीमा आयोजित भेला पनि आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ।
यसबीच कांग्रेसले कार्यक्रम सञ्चालन शैलीमा नयाँ अभ्यास गरेको छ। प्रायः राजनीतिक दलका कार्यक्रममा आसन ग्रहणमै लामो समय खर्चिने परम्परा रहेको भए पनि धनगढीको कार्यक्रममा भने डेढ मिनेटमै आसन ग्रहण सम्पन्न गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रदेश प्रतिष्ठान प्रमुख जनकराज चौधरी लाई सभापति तथा गगन थापालाई प्रमुख अतिथिका रूपमा आसन ग्रहण गराइएपछि अन्य सहभागीलाई एकमुष्ट रूपमा आसन ग्रहण गराइएको थियो।

काठमाडौं । रविन्द्र प्रताप साहले तत्कालीन एमाले नेता तथा पूर्व गृहमन्त्री बामदेव गौतमसँग भएको पुरानो राजनीतिक संवाद सार्वजनिक गर्दै अहिलेको नेपाली कम्युनिष्ट राजनीतिमाथि रोचक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै शाहले २०६५ सालतिर आफू प्रहरी महानिरीक्षक (आईजीपी) बन्न नसकेको प्रसंगदेखि एमाले–माओवादी सम्बन्धको राजनीतिक उतारचढावसम्मका विषय स्मरण गरेका हुन्।
साहका अनुसार त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा वामदेव गौतम गृहमन्त्री थिए। आफू धादिङ जिल्लामा भएको एउटा आपराधिक घटनाको छानबिन आयोगमा कार्यरत रहेका बेला प्रहरी मुख्यालय पुगेको समयमा गृहमन्त्री गौतमले बोलाएको उनले उल्लेख गरेका छन्।
भेटका क्रममा आफूले आईजीपी बन्न नसकेको कारण सोध्दा वामदेवले ‘केही माओवादीको कारण र केही हाम्रो कारण तपाईँ आईजीपी हुन सक्नुभएन’ भनेको साहले स्मरण गरेका छन्।
उनका अनुसार त्यसपछि वामदेव गौतमले आफूलाई अनुसन्धान विभागमा जान प्रस्ताव गरेका थिए। तर राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारीबारे विगतका घटनाहरू सम्झँदै आफूले सिधै ‘नजाने सर’ भनेर अस्वीकार गरेको साहले बताएका छन्।
साहले स्ट्याटसमा लेखेका छन् कि त्यसपछि वामदेवले ‘चार वर्षपछि तपाईँलाई पनि हामी आईजीपी बनाउँछौं’ भनेका थिए। तर तत्कालीन अस्थिर राजनीतिक अवस्थालाई संकेत गर्दै साहले ‘दुई दिनपछिको ठेगान नभएको अवस्थामा चार वर्षपछिको कुरा भइरहेको थियो’ भन्दै व्यंग्य गरेका छन्।
उनले त्यसको केही समयपछि नै तत्कालीन प्रधानसेनापति प्रकरणका कारण सरकार ढलेको पनि उल्लेख गरेका छन्।
त्यसपछि आफूले कुनै स्थान तोकेर सरुवा नमाग्ने पुरानो अभ्यास तोड्दै नेपाल प्रहरी एकेडेमीमा जान इच्छा व्यक्त गरेको साहले बताएका छन्। गृहसचिव गोविन्द कुसुमसँगको सल्लाहपछि आफू नेपाल प्रहरी एकेडेमीको कार्यकारी निर्देशकको रूपमा पुगेको र त्यो पोस्टिङ अर्थात् जिम्मेवारी आफ्नो ३० वर्षे सेवाकालकै सबैभन्दा मनपर्ने बनेको उनले बताएका छन्।
तर माधव कुमार नेपाल प्रधानमन्त्री र भीम रावल गृहमन्त्री बनेपछि भने आफूलाई मानव स्रोत विभागमा सरुवा गरिएको साहले उल्लेख गरेका छन्।
स्ट्याटसको सबैभन्दा रोचक अंश भने एमाले र माओवादीबीचको राजनीतिक भविष्यबारे भएको संवादलाई मानिएको छ। साहका अनुसार उनले वामदेव गौतमलाई ‘दुई ठूला कम्युनिष्ट पार्टी समानान्तर रूपमा कसरी टिक्लान्?’ भनेर प्रश्न गरेका थिए।
जवाफमा वामदेवले “दुईवटा ठूला कम्युनिष्ट पार्टी समानान्तर रूपमा टिक्न सक्दैनन्। आज हामीभन्दा माओवादी ठूलो भए पनि विस्तारै हराउँदै जान्छ, हामी माओवादीलाई निल्छौं” भनेको साहले दाबी गरेका छन्।
तर अहिलेको राजनीतिक अवस्थालाई हेर्दा परिस्थिति उल्टो देखिएको संकेत गर्दै साहले व्यंग्यात्मक शैलीमा प्रश्न उठाएका छन्। उनले माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका राम बहादुर थापा जस्ता नेताहरू एमालेभित्र प्रभावशाली अवस्थामा पुगेको उल्लेख गर्दै ‘एमालेले माओवादीलाई निल्यो कि माओवादीले एमालेलाई निल्यो?’ भन्ने प्रश्न गरेका छन्।
साहको यो स्ट्याटस अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। एमाले-माओवादी सम्बन्ध, तत्कालीन शक्ति संघर्ष तथा नेपाली कम्युनिष्ट राजनीतिमा आएको परिवर्तनबारे उनले गरेको टिप्पणीलाई धेरैले चासोका साथ हेरिरहेका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३