२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य अहिले जारी रहेको छ ।
नयाँ नेतृत्वका लागि काठमाडौंमा सम्पन्न मतदान प्रक्रियापश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ ।
निर्वाचनमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।
अन्य पदहरूको अन्तिम मतपरिणाम प्राप्त भएलगत्तै नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।
२३ वैशाख, जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् ।
आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको र उद्धारको लागि वन कार्यालय तथा सुरक्षाकर्मी टोलि पुगेको जान लागेको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन कडा निर्देशन जारी गरेको छ।
- अतिक्रमण हटाउने क्रममा सुकुमवासीको पहिचान गरी सुरक्षित आवास र आधारभूत सुविधा उपलब्ध गराइनेछ।
- अभियानमा स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय गरी सुरक्षित पुनर्स्थापनाको व्यवस्था गरिनेछ।
२३ वैशाख, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने विषयमा कडा निर्देशन जारी गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार जारी सूचनामा जिल्लाभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन आवश्यक प्रक्रिया अघि बढाउन सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
प्रशासनले सार्वजनिक जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान स्थानीय तहबाट यथार्थपरक रूपमा गर्नुपर्ने उल्लेख गरेको छ।
वास्तविक सुकुमवासीको पहिचान भएपछि उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, खाद्य तथा अन्य आधारभूत सुविधासहित वैकल्पिक व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै,अतिक्रमण हटाउने कार्य अघि बढाउँदा आवश्यक सुरक्षा प्रबन्ध मिलाइने र जिल्ला सुरक्षा समितिको समन्वयमा योजना कार्यान्वयन गरिने सूचनामा उल्लेख छ। यसका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी कार्य अगाडि बढाइने बताइएको छ।
अतिक्रमण हटाउने कार्यको विस्तृत जानकारी आम नागरिकलाई उपलब्ध गराउने र जिल्लाका सबै स्थानीय तहसँग समन्वय बैठक गरी साझा रणनीति तय गरिने पनि प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले कसैलाई पनि असुरक्षित रूपमा विस्थापित नगरी सुरक्षित तथा व्यवस्थित पुनर्स्थापनाको व्यवस्था गरिने स्पष्ट पारेको छ। साथै, यस अभियान सफल बनाउन सबै सरोकारवाला र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरिएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि बुधबार प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ।
२३ वैशाख, काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
- सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा अहिले छवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन्।
- सेजमा करिब सात सयभन्दा धेरैले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।
- सेजमा औसत उद्योगले दुई करोडदेखि दुई सय करोडसम्म लगानी गरेका छन् र एक दर्जनभन्दा धेरै उद्योग निर्माणाधीन छन्।
२३ वैशाख, वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ उद्योग सञ्चालनमा आएका हुन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत ८३३ बिघा जग्गा भए तापनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा छवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन् ।
सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पु गिरीले सेजमा रहेका आधा दर्जनभन्दा धेरै उद्योगले उत्पादन थालिसकेको बताए ।
“सेज परिसरमा रहेका आधा दर्जन उद्योगले अहिले उत्पादन गरिरहेका छन्”, उनले भने, “एक दर्जनभन्दा धेरै उद्योग अहिले निर्माणाधीन अवस्थामा रहेका छन् ।”
सेजमा रहेको पशुपति सेरामिक्स प्रालिले सेरामिक्ससम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आइरहेको छ । सो उद्योगले करिब ४५० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आइरहेको छ ।
त्यस्तै ब्रिलियन सु प्रालिले पनि जुत्ता तथा चप्पल उत्पादन गर्दै आइरहेको छ । सो परिसरमा रहेको अर्काे उद्योग बालाजी म्यानुफ्याक्चिरिङले पनि उत्पादनको काम गर्दै आइरहेको छ ।
त्यसैगरी, नेपाल एग्रो टुल्स कम्पनीले पनि कृषि सम्बन्धित उत्पादन गर्दै आइरहेको छ । एसीएम भेहिकल्सले पनि यहाँ उद्योग स्थापना गरेर उत्पादन गर्दै आइरहेको छ ।
त्यस्तै, बायोकल्प नेपाल नामक कम्पनीले पनि उम्पादन गर्दै आइरहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । चालु रहेका उद्योगमा करिब सात सयभन्दा धेरैले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका सबइन्जिनियर अजयकुमार चौधरीले सिमरा सेजमै अहिले करिब एक दर्जनभन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।
सेजमा औसत उद्योगले दुई करोडदेखि दुई सय करोडसम्मको लगानी गरेका छन् । सेजमा प्रतिवर्गमिटर पाँच रुपैयाँका दरले लिजमा लिएर उद्योग सञ्चालन गर्ने प्रावधान छ ।
अहिले सेजमा नेपोभिट सेरामिक्स प्रालि, केभेक्स हिमालयन, रेम्बो एग्रो, ओमकार ग्रेनाइट प्रालि, बवाङ उइयाङ्ग बायो टेक्नोलोजी, लाडिकर प्रालि, ओममेघाश्री प्रालि, हुलास केबल प्रालि, मातारा मसला उद्योग, एभेरेष्ट मसला प्रालिलगायत उद्योग निर्माणाधीन अवस्थामा छन् ।
‘ए’ ब्लकमा ३४३ बिघा जग्गा रहेको छ । जहाँ अहिले आधा दर्जनभन्दा धेरै उद्योग चालु अवस्थामा रहेका छन् भने एक दर्जन उद्योग निर्माणाधीन अवस्थामा छन् । त्यस्तै ‘बी’ ब्लकमा १२८ बिघा क्षेत्रफल रहेको छ । जहाँ ७० प्रतिशतभन्दा धेरै जग्गा प्राधिकरणमातहत नै छ । त्यस्तै ‘सी’ ब्लकमा भने ४९.५ बिघा जग्गा रहेको छ । त्यस्तै ‘डी’ ब्लकमा १३३ बिघा र ‘इ’ ब्लकमा १७८.५ बिघा जग्गा रहेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
