काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा सुदूरपश्चिमका ११ सांसदसँग छलफल गर्न लागेका हुन् ।
पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन लागेका हुन् ।
दलको नेता परिवर्तनको माग गर्दै तीन जना सांसदले केही समयअघि शीर्ष नेताहरूसँग परामर्श गरेका थिए । उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल नेतृत्वको दौडमा देखिएका छन् ।
बैठकमा नेतृत्वको विषयसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको मुद्दा पनि छलफलमा रहनेछ । विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्यको सम्भावना र त्यसको सुरुवात सुदूरपश्चिमबाट गर्ने विषयमा नेतृत्व तहमा छलफल भइरहेको छ ।
यस्तै, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग समेत गरेका छन् । हाल सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’ छलफल कार्यक्रम हुने भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे सुरु हुने छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुने बताइएको छ ।
रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ कार्यक्रम आयोजना गरेको हो ।
कर्णाली– कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा सुरु बैठकमा दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन, स्थानीय तहका कर्मचारीहरूको विवरण तथा कामकाज, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम, स्थानीय तहले प्रदेशलाई पठाउने राजस्व र आगामी आथिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवका अनुसार बैठकमा प्रदेश तथा स्थानीय तहबीचको समन्वयमा थप प्रभावकारी बनाउने, बेरुजु फर्छयोटसम्बन्धी क्षमता विकास, स्थानीय तहले बनाएको कानुनको प्रदेश अभिलेखीकरण गर्ने र कानुन निर्माणका विषयमा छलफल गरी आवश्यक निर्णय गरिने छ ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीविक्रम शाह, परिषद् सदस्य, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रमुख एवं प्रतिनिधिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् ।
२३ बैशाख, काठमाडौं । राजधानीको मुख्य व्यापारिक केन्द्र इन्द्रचोक क्षेत्रमा दिउँसै पेस्तोल देखाएर सुनचाँदी पसल लुट्ने प्रयास गर्ने तीनजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यही वैशाख १७ गते भेडासिंहस्थित ‘नैना एन्ड इशान ज्वेलरी’मा लुटपाटको उद्देश्यले छिरेका उनीहरू पसल सञ्चालकको साहस र प्रतिकारका कारण सफल हुन सकेका थिएनन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनामा संलग्न ललितपुर, महालक्ष्मी नगरपालिका–६ का २९ वर्षीय हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, पक्राउ परेकामध्ये अरुण भुजेलको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोलसमेत बरामद गरिएको छ । लुटपाटको प्रयासका क्रममा पसल सञ्चालक बबिता रौनियारले उच्च साहस देखाउँदै प्रतिकार गरेपछि लुटेरा समूह अत्तालिएर भागेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका हरिकृष्ण महर्जनले घटनापछि प्रहरीको आँखा छल्न आफूले लगाएको लुगा फालेर हुलियासमेत परिवर्तन गरेका थिए । यद्यपि, प्राविधिक अनुसन्धान र खोजीका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका युवाहरू यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । इन्द्रचोक जस्तो व्यस्त बजारमा दिउँसै हतियार देखाएर भएको यो घटनाले सुरक्षा संवेदनशीलता बढाएको भन्दै प्रहरीले यस समूहको अन्य संलग्नताबारे थप सूक्ष्म अनुसन्धान अघि बढाएको छ ।
२३ बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । सुन आज प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन अर्थात् मङ्गलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ह्वात्तै बढेको हो । सुनसँगै सेतो धातु चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदीमा प्रतितोला १७५ रुपैयाँको वृद्धि भएसँगै आजको मूल्य ५ हजार ५५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ४ हजार ८८० रुपैयाँ थियो ।
अन्तरराष्ट्रिय बजारमा देखिएको उथलपुथलको प्रभाव नेपाली बजारमा सिधै देखिएको हो । हाल अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन ४ हजार ६३० अमेरिकी डलर र चाँदी ७४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । विश्व बजारमा बहुमूल्य धातुको माग र लगानीकर्ताको आकर्षण बढ्दा स्थानीय बजारमा समेत ऐतिहासिक मूल्य कायम हुने क्रम जारी छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
