नकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ।
प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका टेलिभिजन, एफएम रेडियो, अनलाइन र पत्रपत्रिकाहरूलाई लक्षित गर्दै मापदण्ड पूरा गरेका सञ्चारमाध्यमलाई मात्र विज्ञापन उपलब्ध गराइएकाे जनाएकाे छ ।
प्राधिकरणका अनुसार सुचिकृत गाएका र मापदण्ड पूरा गरेका मधेश प्रदेश अन्तर्गतका ९ वटा टेलिभिजन, ६० वटा रेडियाे/एफएम, ५६ दैनिक पत्रिका, १२० साप्ताहिक पत्रिका, पाक्षित्र पत्रिका १, मासिक पत्रिका ५, द्वैमासिक पत्रिका १, त्रैमासिक पत्रिका २, ८५ अनलाइन मिडियालाई लाेककल्याणकारी विज्ञापनकाे लागि कार्यदेश दिएकाे छ ।
प्राधिकरणले यस बर्ष लाेककल्याणकारी विज्ञापन प्रसारण गरे वापत कार्यदेश दिएका ७ वटा टेलिभिजनलाई ७१ हजार २ सयका दरले, दुई टेलिभिजनलाई ९० हजार ४ सयका दरले, १०० वाटका रेडियाेहरुलाई २९ हजार ६०० सयका दरले, २५० वाटका रेडियाेलाई ३१ हजार २ सयका दरले, ५०० वाटका रेडियाेलाई ३२ हजार ४८०, १००० वाट रेडियाेलाई ३७ हजार ६०० र २००० वाटका रेडियाेलाई ४० हजार एक मुष्ट उपलब्ध गराउने छ ।
त्यसैगरी पत्रपत्रिका तर्फ एक त्रैमासिक पत्रिकालाई १३ हजार, एक त्रैमासिक पत्रिकालाई ११ हजार, एक द्वमासिक पत्रिकालाई पनि १३ हजार, ४ मासिक पत्रिकालाई ११ हजारका दरले, एक मासिक पत्रिकालाई १३ हजार, एक पाक्षिक पत्रिकालाई ६ हजार ५००, ६९ साप्ताहिक पत्रिकाहरुलाई १२ हजार ३ सय, केही साप्ताहिक पत्रिकालाई ११ हजार ७ सय र केहीलाई १० हजार ८ सय उपलब्ध गराउने छ ।
त्यसैगरी क बर्गका दैनिक पत्रिकालाई ३० हजार ९ सय, ख बर्गका दैनिक पत्रिकालाई २६ हजार ७ सय, ग बर्गका पत्रिकालाई २४ हजार ६ सय, घ बर्गका पत्रिकालाई २४ हजार ६ सय र अनलाईनहरुलाई ८ हजार २ सय २४ उपलब्ध गराइने आमसञ्चार प्राधिकरणले जारी गरेकाे कार्यदेशमा उल्लेख छ ।
सूचना अनुसार लोककल्याणकारी विज्ञापन सिफारिश समितिको २०८२ चैत २७ गतेको निर्णयलाई २०८३ वैशाख १३ गते प्राधिकरणले अनुमोदन गरेको हो । सोही निर्णयअनुसार तोकिएको दर, समय, संख्या तथा शर्तका आधारमा विज्ञापन प्रसारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेकाे छ ।
प्राधिकरणले सञ्चारमाध्यमलाई आवश्यक अडियो, भिडियो तथा सूचनाका सामग्रीहरू आफ्नो आधिकारिक वेबसाइटबाट डाउनलोड गरी स्थानीय भाषालाई प्राथमिकता दिँदै प्रसारण गर्न निर्देशन दिएको छ।
टेलिभिजनतर्फ शिक्षा, महिला हिंसा, बाल विवाह र दाइजो प्रथासम्बन्धी सामग्रीहरू प्रसारण गर्नुपर्नेछ भने एफएम रेडियो, अनलाइन र पत्रपत्रिकाहरूका लागि सडक सुरक्षा, आगलागी, लागुऔषध दुव्र्यसन तथा व्यवसायिक खेती र विषादीको कम प्रयोगसम्बन्धी सन्देशहरू प्राथमिकतामा राखिएको छ।
प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन प्राधिकरणका पदाधिकारी वा तोकिएका प्रतिनिधिमार्फत गरिने जनाइएको छ । मापदण्ड विपरीत प्रसारण गर्ने वा सूचीमा समावेश नभएका सञ्चारमाध्यमलाई भुक्तानी नदिइने स्पष्ट गरिएको छ ।
त्यस्तै, सञ्चारमाध्यमहरूले विज्ञापन प्रसारण वा प्रकाशनपश्चात् सम्बन्धित बिल, समय तालिका, अंक विवरण तथा बैंक खाताको चेक पानासहित २०८३ जेठ १५ गतेभित्र भुक्तानीका लागि निवेदन पेश गर्नुपर्नेछ । निर्धारित समयभित्र आवेदन नपरेमा प्राधिकरण जिम्मेवार नहुने प्राधिकरणका नि. प्रशासकीय प्रमुख संताेष कुमार साहले जानकारी दिए ।
वीरगंज । नेपाल लेखापढी व्यवसायी एशोसिएसन पर्सा जिल्ला अदालत कार्य समिति वीरगंजकाे अध्यक्षमा सन्नी पटेल निर्वाचित भएका छन् । शनिबार वीरगंजस्थित वीरगंज स्कुल अफ ल क्याम्पसको सभा हलमा सम्पन्न निर्वाचनमा पटेलले १२७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
-
अध्यक्ष पदका अर्का उम्मेदवार अफताब आलमले ७० मत प्राप्त गरे भने चन्दु प्रसाद पटेलले ३३ मत ल्याउँदै तेस्रो स्थानमा रहे । निर्वाचनबाट उपाध्यक्षमा बिरबल कुमार यादव, सचिवमा नितेश गुप्ता, सह–सचिवमा बबिता कुमारी धानुक, कोषाध्यक्षमा धर्मेन्द्र कुमार साह निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सुमित कुमार साह, बिकेश महतो धानुक, लक्ष्मी साह, मणिभूषण कुशवाहा, राजेश प्रसाद यादव र अमिरा पासवान चयन भएका छन,भने पार्षदमा उपेन्द्र प्रसाद साह, अब्दुल हकिम राउत गदी र राजा बाबु पटेल निर्वाचित भएका छन । यस निर्वाचनबाट सन्नी पटेल नेतृत्वको प्यानल नै विजयी भएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित अध्यक्ष पटेलले आफ्नो कार्यकाल पारदर्शिता, व्यावसायिक अनुशासन र सेवा सुधारमा केन्द्रित रहने बताएका छन् । उनले लेखापढी व्यवसायलाई थप व्यवस्थित, मर्यादित तथा प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउँदै सदस्यहरूको हकहित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरे ।
अध्यक्ष पटेलले भने, “लेखापढी व्यवसायीहरू न्यायिक प्रक्रियाको महत्वपूर्ण अंग हुन् । सेवाग्राहीलाई सहज, छरितो र विश्वसनीय सेवा दिनु हाम्रो दायित्व हो । मेरो नेतृत्वमा व्यवसायीहरूको क्षमता अभिवृद्धि, तालिम तथा समन्वयलाई विशेष प्राथमिकता दिइनेछ ।”
उनले पेशाभित्र देखिएका विकृति, अव्यवस्था र अनियमितता अन्त्य गर्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, जिल्ला अदालत तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै लेखापढी व्यवसायीहरूको गरिमा र भूमिका अझ सुदृढ बनाउने उनले बताए ।
मोतिहारी – भारतको मोतिहारी साइबर पुलिसले हवाला कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। भारत–नेपाल सीमावर्ती घोडासहन इलाकामा छापा मारेर पुलिसले ५६ लाख ७१ हजार भारतीय रुपैयाँ र १३ लाख ६७ हजार नेपाली रुपैयाँ नगद बरामद गरेको हो।
साइबर डीएसपी अभिनव पारासरका अनुसार पक्राउ परेकाहरूले मल्टिपल एकाउन्टमार्फत सीमामा करेन्सी मगाउने र विदेश पठाउने धन्दा चलाउँदै आएका थिए। स्थानीय थानाको सहयोगमा साइबर टोलीले विभिन्न ठाउँमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
५० करोडको क्रिप्टो कारोबार
बरामद मोबाइलमा बाइनान्स एप लगइन रहेको र त्यसबाट करिब ६ मिलियन USDT अर्थात् ५० करोड भारतीय रुपैयाँ बराबरको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
“अभिनव पारासर, साइबर डीएसपी” “गिरफ्तार व्यक्तिहरूको मोबाइल जाँच गर्दा बाइनान्स एपमा ६ मिलियन USDT को ट्रान्जेक्सन देखिएको छ। यो रकम भारतीय मुद्रामा करिब ५० करोड हुन्छ। हवाला र क्रिप्टोको लिंकबारे थप अनुसन्धान भइरहेको छ।”_
छापामारीमा नगद गन्ने मेसिन र मोबाइल फोनहरू पनि बरामद भएका छन्।
वीरगञ्ज । नक्कली कागजात (किर्ते) खडा गरी ‘सिम्भिन इन्टरनेशनल’को नाममा १०० टन छोकडा आयात गर्न खोजेको आरोपमा वीरगञ्जबाट व्यापारी नविन अग्रवाल पक्राउ परे पनि यस प्रकरणका मुख्य योजनाकार अरू नै रहेको तथ्य बाहिर आएको छ ।
स्रोतका अनुसार पक्राउ परेका अग्रवाल यस घटनामा केवल ‘मोहरा’ मात्र हुन् । वीरगञ्जस्थित रुङ्गटा मार्केटमा सामान्य मोबाइल चार्जर र खुद्रा चिनियाँ सामानको पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका अग्रवाललाई सामान्य आर्थिक प्रलोभनमा पारी उनको नाममा फर्म दर्ता गरिएको पाइएको छ ।
यस प्रकरणको पर्दा पछाडि ३३ सुन तस्करी प्रकरणमा समेत जोडिएका
अन्डरवर्ल्डका कुख्यात खेलाडी विमल पोदार र दीपक मल्होत्राको मुख्य हात रहेको दाबी गरिएको छ । नाताले अग्रवालको सानिमाको छोरा पर्ने पोदारले अग्रवालको सोझोपन र पारिवारिक नाताको फाइदा उठाउँदै उनको नाममा ‘सिम्भिन इन्टरनेशनल’ दर्ता गराएको खुलेको छ । सोही फर्ममार्फत प्रतिबन्धित छोकडा आयात गर्ने र नक्कली कागजात तयार पारेर वीरगञ्ज भन्सारमा पेश गर्ने सम्पूर्ण खेल पोदार र मल्होत्राले नै रचेको स्रोतको भनाइ छ ।
सरकारी छाप र हस्ताक्षर किर्ते गरी भन्सारमा कागजात पेश भएको रहस्य बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई नियन्त्रणमा लिएको थियो । यसैबीच, सीआईबीले यस घटनाको थप सूक्ष्म र गहिरो अनुसन्धान गरेमा टी.के. जैन र कमल मालपानी जस्ता अन्य व्यापारीहरूको नाम पनि यस्ता काण्डमा तानिन सक्ने निकट स्रोतले दाबी गरेको छ ।
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबारदेखि अभियान अघि बढाएको हो।
नगर प्रहरी इन्चार्ज हरि भुषाल का अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ।
अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको लगायतका विषयमा जाँच गरिरहेको छ। साथै, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिनुभयो।
नाबालिका प्रयोग गरिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ। हालसम्म अनुगमन गरिएका दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको छ।
अहिलेसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको पनि भुषालले जानकारी दिनुभयो। प्रारम्भिक अनुगमनका क्रममा केही स्थानमा आवश्यक कागजात अपूर्ण रहेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ।
मापदण्ड नपुर्याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ। महानगरले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गर्ने जनाएको छ। साथै, नागरिकलाई शंकास्पद गतिविधिबारे जानकारी गराउन पनि आग्रह गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
