३० चैत, काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सुरु भएको चौतर्फी आलोचनाका बीच गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत आक्रामक स्पष्टीकरण दिएका छन् ।
मन्त्रीहरूको विलासी जीवनशैली र करोडौँको सेयर पोर्टफोलियोमाथि प्रश्न उठेपछि सोमबार इन्स्टाग्राममा आफ्नो धारणा राख्दै मन्त्री गुरुङले सत्ताको बागडोर सम्हाल्नुअघि मेहनत गरेर सम्पत्ति आर्जन गर्नु कुनै ‘पाप’ नभएको तर्क गरेका हुन् ।
उनले भ्रष्टाचार नगरी कमाइएको सम्पत्तिलाई नकारात्मक नजरले हेर्नु गलत भएको टिप्पणी गर्दै सरकारमा आएपछि पदको दुरुपयोग गरेर कमाउनुलाई मात्र वास्तविक पापको संज्ञा दिएका छन् ।
विरोधीहरूका टीकाटिप्पणीलाई कडा जवाफ दिने क्रममा मन्त्री गुरुङले ‘चेतना भया’ भन्दै एउटा चर्चित भनाइलाई सापटी लिएर गम्भीर कटाक्ष समेत गरेका छन् । उनले लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तर तिमी मर्दा गरिब मर्नु चाहिँ तिम्रै गल्ती हो ।’
मन्त्रीहरूको सम्पत्ति विवरणमा ४ करोड ३१ लाखको सेयर र ८९ तोला सुन देखिएका गुरुङले आफ्नो कमाइलाई व्यक्तिगत पुरुषार्थ र मिहिनेतको नतिजाका रूपमा अर्थ्याउन खोजेका छन् ।
जेनजी आन्दोलनको बलमा भ्रष्टाचार विरुद्धको नारासहित सत्तामा पुगेको रास्वपा सरकारका मन्त्रीहरू र उनीहरूको सम्पत्ति अहिले आम जनता र विपक्षीको कडा निगरानीमा परिरहँदा गृहमन्त्रीको यो टिप्पणीले राजनीतिक वृत्तमा थप चर्चा र विवाद निम्त्याएको छ ।
काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्याडकन २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
नेपालमा आयोजना गरिएको यस प्रकृतिको यो पहिलो क्षेत्रीय स्तरको ठूलो सम्मेलन हो । नेपालसहित बिमस्टेक राष्ट्रका ४०० भन्दा बढी रेडियोलोजी विज्ञ, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको यस सम्मेलनले क्षेत्रीयस्तरमा रेडियोलोजीको विकास र सहकार्यका लागि नयाँ ढोका खोलेको छ । सम्मेलनमा सहभागीहरूले रेडियोलोजी क्षेत्रमा भित्रिएका नवीन प्रविधि, चुनौती र अवसरका बारेमा घनीभूत छलफल गरेका थिए ।
https://www.khabarhub.com/wp-content/uploads/2026/04/800X100px-6-768x96.jpg 768w" alt="" width="800" height="100" fetchpriority="high" decoding="async" />
सम्मेलनमा विभिन्न देशका ख्यातिप्राप्त वक्ताहरूले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै नवीनतम ज्ञान र अनुभव साटासाट गरेका थिए। कार्यक्रमले सीमापार रेडियोलोजी सेवामा उत्कृष्टता, नवप्रवर्तन र आपसी समन्वयलाई सुदृढ बनाउने लक्ष्य राखेको आयोजक नेपाल रेडिलोजिस्ट एसोसिएसनका महासचिव डा. सरोज राज केसीले जानकारी दिए ।
कार्यक्रमलाई विभिन्न रेडियोलोजीसँग सहयोगी संस्थाहरूले समेत प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराएका थिए । सम्मेलनको औपचारिक उदघाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए ।
बिम्स्टेक सहकार्य अन्तर्गत डा. तेजेन्द्र कार्कीलाई बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्षमा सर्वसहमतिले निर्बाचित गरिएको छ । सम्मेलनको अन्त्यमा ‘काठमाडौँ घोषणापत्र’ जारी गर्दै सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, आगामी आयोजक राष्ट्र भारतलाई बिम्स्टेक झण्डा हस्तान्तरण गरिएको छ। यी देशहरू बङ्गालको खाडी क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने उद्देश्यले गठन गरिएको बिम्स्टेक संगठनका सदस्य राष्ट्रहरू हुन्, जसले व्यापार, प्रविधि, ऊर्जा, स्वास्थ्य तथा क्षेत्रीय विकास जस्ता विविध क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।
रेडियोलोजीको सन्दर्भमा बिम्स्टेक राष्ट्रका प्रतिनिधिहरूले चिकित्सा इमेजिङ, डायग्नोस्टिक प्रविधि, अनुसन्धान र क्लिनिकल अभ्यासमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले आधुनिक रेडियोलोजिकल प्रविधिको उपयोग, दक्षता अभिवृद्धि, र ज्ञान तथा अनुभवको प्रभावकारी आदान–प्रदानमार्फत रोग निदान सेवाको गुणस्तर सुधार गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ११ : ४७ बजे
भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा आज बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमालेटोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन आगामी वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ ।
कुमालेटोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेर साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने आगामी वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ ।
मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिरअगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरु समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएका हुन् ।
तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवत् रूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए ।
“महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उनले भने। यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्याइन्छ भने राति करिब ९ः०० बजे नीलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि जिब्रो छेड्ने २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।
आज व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने परम्परा छ ।
मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दूर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्य रूपमा मनाउने गरेका छन् ।
प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १२ : ४४ बजे
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
ओलीको सचिवालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरूले ओलीको पित्तथैलीको स्टोनको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
उनको उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक्रियाको मिति तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीको सफलतापूर्वक शल्यक्रिया भएको हो ।
ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो । चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको थियो ।
स्वास्थ्य अवस्थाको कारण देखाउदै ओली त्यही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।ओलीको गिरफ्तारीलगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनलाई अस्पतालमै राखिएको थियो ।
प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १२ : १८ बजे
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ पनि सोमबार प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
३० चैत, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
