जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १०:०० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कफ्र्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार हटाइएको उल्लेख गरिएको छ।
गत ७ गते दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो । प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै कर्फ्यू हटाइएको जनाएको छ ।
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा दुई समुदायबीच झडप भएको छ।
स्थानीय बासिन्दाका अनुसार आइतबार साँझ बाटो हुँदै गइरहेका एक समुदायका दुई जनालाई मस्जिद अगाडि बसेका अर्को समुदायका व्यक्तिहरूले रोकेपछि विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै झडपमा परिणत भएको जनाइएको छ।
झडपका क्रममा दुई जनाको टाउको फुटेको छ भने केही अन्य व्यक्तिहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक हरीबहादुर बस्नेतको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको सक्रियतामा अवस्था नियन्त्रणमा लिने प्रयास गरिएको छ।
उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत व्यापक रूपमा परिचालन गरिएको प्रहरीले जनाएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गोरखा — नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले गोरखाका ५ वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्ससहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
आज गोरखा नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत खत्रीले उक्त एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। खत्रीले खरिद गरी उपलब्ध गराएका एम्बुलेन्सको साँचो तथा स्वास्थ्य सामग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई हस्तान्तरण गरेका थिए।
गोरखा स्थायी घर भएका खत्रीले ‘सम्भव नेपाल’ मार्फत गोरखा नगरपालिकालाई २ वटा एम्बुलेन्स, शहिद लखन गाउँपालिकालाई १, भीमसेन थापा गाउँपालिकालाई १, गण्डकी गाउँपालिकालाई १ र धार्चे गाउँपालिकालाई १ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन्।

यसका साथै खत्रीले ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १ हजार २ सय थान VTM, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर र PPE सेटलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पनि सहयोग गरेका छन्।
शहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठका अनुसार खत्रीले यसअघि पनि गोरखाका लागि करिब ४० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूले खत्रीको सहयोगले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास व्यक्त गरेका छन्।
रौतहट,९फागुनःरौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।गौर नगरपालिका वडा नंबर ६ सवगढामा गत बिहीबारदेखि सुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने त्यही वडाका पूर्व वडाध्यक्ष पनि हुन् ।
बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो । हिजो शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो ।
तर आज शनिबार बिहानबाटै पुनः सवगढामै दुई पक्षबीच झडप भएको छ । अहिले त्यसक्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यू समेत लगाएको छ ।
सवगढा घटनामा शेख जमसेदको संलग्नताका केही प्रमाण समेत फेला पारेको प्रहरी स्रोतको दाबी छ ।प्रहरीले जमसेदलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा लगेको छ ।
वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्षसहित युवाहरूको ठूलो समूह रास्वपामा प्रवेश गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा वडा नम्बर १० का एमाले एकाइ अध्यक्ष अशोक शाह कानु, वडा सदस्यका उम्मेदवारहरू शेखर अग्रवाल, रेनु कर्ण र जयकुमारीको नेतृत्वमा युवाहरूको ठूलो समूह पार्टीमा प्रवेश गरेको हो। यसका साथै वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ र ९ का युवाहरू पनि रास्वपामा आबद्ध भएका छन्।
नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे। उनले युवाहरूको सक्रिय सहभागिताले पर्सा–२ मा परिवर्तनको राजनीतिक चेतना अझ सशक्त बन्दै गएको बताए।
यसै अवसरमा भेट्रारान फुटबल क्लबका अध्यक्ष सविन बस्नेत सहितको समूहलाई पनि रास्वपामा स्वागत गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता लखन कुमार गुप्ता ले पछिल्लो समय विभिन्न वडाबाट युवाहरू संगठित रूपमा पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको जानकारी दिए।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३