नेकपा स्थापना दिवसको सन्दर्भमा एमालेले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम गर्दैछ। एमालेले आज ७७ औं नेकपा स्थापना दिवस मनाउन लागेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली आजको कार्यक्रममा उपस्थित हुने एमालेका एक नेताले बताए।
भर्खरै पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका अोली अझै तंग्रिसकेका छैनन्। जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ज्यान मारेको अभियोगमा अध्यक्ष ओली चैत १४ गते पक्राउ परेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो।
चैत २६ गते हाजिरी जमानीमा हिरासतमुक्त भएका ओली शल्यक्रियापश्चात् घर फर्किएका थिए।
पक्राउपछि पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा सरिक हुने एमालेका एक पदाधिकारीले बताए।
अध्यक्ष ओलीलाई भेट्न एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरू गुण्डु पुगेका थिए।
सोही क्रममा अध्यक्ष ओलीले बुधबारको कार्यक्रममा आफू सहभागी हुने बताएका हुन्।
‘पार्टीको बैठक चाहिँ अलि पछाडि नै हुने देखियो। उहाँकै उपस्थितिमा समीक्षा आवश्यक रहेकाले सचिवालय बैठक पछि नै हुन्छ। तर आजको कार्यक्रममा चाहिँ उहाँ आउनुहुन्छ,’ ती नेताले भने।
२००६ वैशाख १० गते पुुष्पलाल श्रेष्ठको अगुवाइमा नेकपा स्थापना भएको थियो। नेकपाका संस्थापक नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुन्।
९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधि (साउन–चैत)सम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्रे गरिएको छ ।
सडक विभागका अनुसार चैत मसान्तसम्म दुई लेन सडक ४७४ र चार लेन सडक ७४ किलोमिटर नयाँ कालोपत्रे भएको हो । चालु आवमा सरकारले कुल ८ सय किलोमिटर दुई लेन सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।
जसमध्ये ९ महिनामा ५० प्रतिशत माथि प्रगति भएको देखिन्छ । यस आवमा चार लेन सडक भने १०९ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य थियो । जसको प्रगति ६७ प्रतिशत हाराहारी भएको देखिन्छ ।
यस अवधिमा पुल निर्माण भने ११८ वटा भइसकेका छन् । यस वर्ष सरकारले १६२ वटा पुल निर्माणको लक्ष्य राखेको छ । विभागका अनुसार यस अवधिमा बेली ब्रिज जडान ३ वटा भएका छन् । कुल ५ बेलीब्रिज जडानको लक्ष्य रहेको छ ।
यस वर्ष क्र्यास बेरियर ३७ हजार १४२ मिटर राखिएको छ । राजमार्ग मर्मत भने ७१ किलोमिटर बराबर भएको सडक विभागको तथ्यांक छ । राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नति ५२ किलोमिटर बराबर भएको छ ।
यस वर्ष ९ महिनामा सडक विभागमार्फत कुल ३ हजार ८७१ कार्यदिन बराबर रोजगारी सिर्जना भएको तथ्यांकमा उल्लेख छ । विभागले ९ महिनामा ४४ अर्ब रुपैयाँ बराबर कुल बजेट खर्च गरेको छ । यस वर्ष विभागले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले जनसरोकारका मागहरूलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए । उनले विशेष गरी भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
सभापति थापाले नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने भए पनि अनुसन्धानका नाममा राज्यका निकायहरूले विधि र विधानको पालना गर्नुपर्ने बताए । ‘हामीले भदौ २४ को घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छौँ,’ थापाले भने, ‘यदि सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठूलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ।’ पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न कानुन मिच्ने काम गरेको भन्दै उनले सरकारलाई सचेत गराए ।
पार्टीको भूमिकाबारे प्रस्ट पार्दै थापाले कांग्रेस सङ्घीय संसदमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहे पनि सातै प्रदेशमा सरकारमा रहेको स्मरण गराए। कांग्रेस अराजक नभई तथ्यमा आधारित भएर प्रस्तुत हुने भएकाले कतिपयलाई आवाज मधुरो लागेको हुन सक्ने उनको भनाइ थियो ।
उनले जनहितका विषयमा सरकार चुकेको खण्डमा कांग्रेस दरो भएर उभिने प्रतिबद्धता व्यक्त गरे । १५औँ महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताउँदै उनले गृहमन्त्री सुधन गुरुङका विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गरे ।
बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ ।
सङ्घीय सरकारले करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि मनहरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त गरेका तीन जना कर्मचारी र अन्य प्रविधि तथा उपकरण व्यवस्थापन गरी करदाता सेवा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
अध्यक्ष कालाखेतीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने, प्यान रूपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी काम हुनेछ ।
यसका साथै अन्तःशुल्कसम्बन्धी इजाजत जारी तथा नवीकरण प्रक्रियाका लागि कागजात संकलन र प्रारम्भिक प्रमाणीकरण पालिकाबाटै गरी अन्तिम स्वीकृति आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुने अध्यक्ष कालाखेतीले बताए।
गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन भएपछि पालिकाभित्रका करदाताहरूलाई हेटौँडा धाउनुपर्ने बाध्यता हट्नुका साथै करदातालाई समय र खर्चसमेत बचत हुने उनको विश्वास छ ।
९ वैशाख,काठमाडौं । एकै दिनमा कम्तीमा ६ हजार १ सय ४८ अफगान शरणार्थीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्।
अफगानिस्तानको फिर्ता हुनेहरूको समस्या सम्बोधन गर्ने उच्च आयोग ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आइतबार उक्त संख्यामा शरणार्थीहरू अफगानिस्तान फर्किएका हुन्।
आयोगका अनुसार उनीहरू पूर्वी नान्गाहार प्रान्तको तोर्खाम सीमा नाका तथा दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डाक सीमा नाकाबाट स्वदेश प्रवेश गरेका थिए। आगमन बिन्दुमै उनीहरूलाई आवश्यक सरकारी सहयोग उपलब्ध गराइएको पनि जनाइएको छ। सोही दिन ४७१ अफगान शरणार्थीहरू इरानबाट पनि फर्किएका थिए।
प्रतिवेदनअनुसार सन् २०२५ मा मात्रै करिब २८ लाख अफगान शरणार्थीहरू स्वदेश फर्किसकेका छन्। लामो समयदेखि जारी विस्थापनका कारण अझै पनि ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्।
दुवै छिमेकी देशहरूले कागजातविहीन अफगान नागरिकहरूलाई स्वदेश फर्कन आग्रह गर्दै आएका छन्।
- दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दायर, ५ वर्ष कैद र जरिवानाको माग
- संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’
- सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
- नर्सिङ होमको ‘लोकेसन म्याप’ देखि क्लिनिकमा मृत्युसम्म: के थियो गीता पाण्डे प्रकरणको रहस्य ?
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३