वीरगञ्ज । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाको वडा नं.२ स्थित २६ बाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्डफ्लु प्रमाणित भएको हो ।
नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो ।
उक्त प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक–एच ९ प्रमाणित भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
बर्डफ्लु पुष्टि भएसँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरोकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
बिरगंज, ०६ जेठ
जिल्ला प्रहरी कार्यालय पर्साले बोक्सी आरोपसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको अनुसार वीरगंज महानगरपालिका वडा नम्बर–३२ चोर्नी टोलस्थित एक घरमा बोक्सी आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटनामा संलग्न तीन जनालाई मँगलबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गत फागुन २७ गते करिब ११ः३० बजे वीरगंज महानगरपालिका–३२ निवासी २८ वर्षीया मुन्ती देवी समेत जोखेबालीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट तथा दुर्व्यवहार गरिएको थियो। पीडितलाई “भूत–प्रेत लागेको”, “बोक्सी परेको” जस्ता आरोप लगाउँदै गालीगलौज र कुटपिट गरिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–३२ चोर्नीका ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानमती देवी र ५० वर्षीया शान्ति देवी धानुकलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी टोलीले उनीहरूलाई वीरगंज महानगरपालिका–८ घण्टाघर क्षेत्रमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका महिलामाथि बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले सामाजिक अन्धविश्वास तथा बोक्सी आरोपजस्ता अमानवीय गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै यस्ता घटनामा कानुनी कारबाही गरिने चेताव
नी दिएको छ।
६ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ । त्यसका लागि सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी-निवेदन दर्ता गरिसक्नुपर्ने
छ ।
५ जेठ, काठमाडौँ । पोखरा लिचीबारी भ्रष्टाचार (घुस) प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका नेकपा एमालेका नेता, पूर्वमन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित पूर्व सांसद राजकुमार गुप्ता सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको यसअघिको आदेशलाई बदर गर्दै सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आदेश उल्ट्याउँदै गुप्तालाई धरौटीमा छाड्न आदेश जारी गरेको हो। सर्वोच्च अदालत प्रशासनले विशेषको आदेश बदर भएको र धरौटी माग गर्ने निर्णय भएको जानकारी आफ्नो वेबसाइटमार्फत गराएको छ। यद्यपि, अदालतको विस्तृत लिखित आदेश आउन भने बाँकी छ।
यसअघि गत पुस १६ गते विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मुद्दाका अन्य प्रमाणहरूलाई विश्वसनीय मान्दै गुप्तालाई तत्कालका लागि थुनामा पठाउने आदेश गरेको थाहा भएको थियो। सोही आदेशविरुद्ध पूर्वमन्त्री गुप्ताले सर्वोच्च अदालतमा पुनरावेदन (निवेदन) दिएका थिए।
के थियो लिचीबारी भ्रष्टाचार प्रकरण ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा रोकी कास्कीमै थमौती गरिदिने बहानामा ५३ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो।
यसका साथै, भूमि आयोग कास्कीको अध्यक्ष पदमा खमबहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको समेत आरोप उनीहरूमाथि थियो। अख्तियारले सोही प्रकरणमा एकमुष्ट ७८ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा घुस दिएको आरोप लागेका सुजन लामामाथि पनि अख्तियारले समान बिगो मागदाबी गरेको थियो।
विशेष अदालतको आदेशले कारागार चलान भएका एमालेका प्रभावशाली नेता एवं पर्साका पूर्व सांसद गुप्ता सर्वोच्चको यो आदेशसँगै धरौटी बुझाएर थुनामुक्त भई मुद्दाको बाँकी कानुनी लडाइँ बाहिरैबाट लड्ने भएका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
