असार ४ जिराभ्वानी पर्सा ।
पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छिपहरमाई गाउँपालिकाबाट ३७० केजी गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार राति करिब ९ः१० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा रहेको झाडीबाट गाँजा फेला पारेको थियो ।
प्रहरीले प्लास्टिकमा प्याक गरिएका २५ वटा पोकाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा कुल ३७० केजी गाँजा बरामद गरेको जनाएको छ । बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार उक्त लागुऔषधसँग सम्बन्धित व्यक्तिहरुको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले गाँजा कसले र कहाँबाट ल्याई उक्त स्थानमा लुकाएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलले वताए ।
कलैया—बारा जिल्लाको मुख्य सीमा नाका मटिअर्वाबाट भारततर्फ जाने र आउने नेपाली नागरिक तथा नेपाली नम्बर प्लेटका सवारीसाधनमाथि भारतीय एसएसबीले आंशिक रूपमा रोक लगाएको स्थानीयवासीहरूले बताएका छन् ।
स्थानीयका अनुसार दैनिक उपभोगका घरायसी सामानहरू समेत नेपालतर्फ ल्याउन नदिँदा सर्वसाधारण मारमा परेका छन् । स्थानीय बासिन्दाहरुले सीमा क्षेत्रमा कडाइ बढाइएपछि आवतजावतमा कठिनाइ भईरहेको र व्यापारिक गतिविधि समेत प्रभावित बनेको गुनासो गरेका छन्। विशेष गरी दैनिक किनमेल तथा साना व्यवसायमा निर्भर रहेका नागरिकहरू बढी प्रभावित भएका छन्।
मटिअर्वा नाकाबाट नियमित रूपमा आवतजावत गर्ने सर्वसाधारणले भारतीय सुरक्षाकर्मीले बिना स्पष्ट जानकारी सामान ल्याउन रोक लगाएको बताएका छन् । यसले सीमा क्षेत्रका नागरिकहरूमा अन्योल र चिन्ता बढाएको स्थानीयहरुको भनाईं छ।
यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ । सीमा क्षेत्रमा देखिएको पछिल्लो अवस्थाले स्थानीय जनजीवन र सीमापार व्यापारमा असर परेको स्थानीय नागरिकहरूको भनाइ रहेको छ ।
वीरगन्ज,३असारः समाचार प्रकाशनपछि सञ्चारकर्मी तथा कार्यालयमाथि धम्की र मानसिक दबाब सिर्जना गरिएको आरोपमा वीरगन्जबाट प्रकाशन हुदैं आएको यात्रा डेली अनलाइन पत्रिकाले हेयर ट्याग सैलुनसँग आबद्ध हरिकीशोर साह लगायतका व्याक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको छ।
यात्रा डेलीले जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुखलाई सम्बोधन गर्दै दिएको निवेदनमा मिति २०८३ असार २ गते प्रकाशित “वीरगन्जका चार ब्युटी पार्लरमाथि कारबाही, म्याद गुज्रिएका सौन्दर्य सामग्री प्रयोग गरेको आरोपमा एक लाख ६० हजार रुपैयाँ जरिवाना” शीर्षकको समाचारका कारण आफूहरूलाई विभिन्न प्रकारका धम्की तथा दबाब सामना गर्नुपरेको उल्लेख गरेको छ।
उक्त समाचार सम्बन्धित सरकारी निकाय तथा उपभोक्ता अधिकारसँग सम्बन्धित संस्थाबाट प्राप्त आधिकारिक सूचनाका आधारमा प्रकाशित गरिएको यात्रा डेलीले जनाएको छ।
उजुरीमा समाचार प्रकाशन भएयता वीरगन्ज महानगरपालिका–६ घण्टाघरस्थित हेयर ट्याग सैलुनसँग आबद्ध केही व्यक्तिहरू, विशेषगरी हरीकीशोर साहले सञ्चार संस्थाका प्रतिनिधि तथा कार्यालयलाई लक्षित गर्दै निरन्तर धाकधम्की, मानसिक दबाब तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।
यात्रा डेलीका अनुसार पटक–पटक टेलिफोनमार्फत समाचार हटाउन दबाब दिने, कार्यालयमै पुगेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने, कुटपिटको धम्की दिने तथा अन्य व्यक्तिहरूसहित कार्यालय परिसर अगाडि उपस्थित भई त्रास सिर्जना गर्ने कार्य गरिएको थियो।
समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अवलम्बन गर्न वा सम्बन्धित निकायमा उजुरी दिन सुझाव दिँदा पनि धम्कीपूर्ण गतिविधि नरोकिएको भन्दै सञ्चार संस्थाले यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा कानूनविपरीतको कार्य भएको जनाएको छ।
यात्रा डेलीले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिहरूमाथि प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गर्न, हरीकीशोर साहलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन तथा कार्यालय, पत्रकार र कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गरिदिन जिल्ला प्रहरी कार्यालय पर्सासँग माग गरेको छ।
वीरगंज, असार ३ –
पर्साको वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । मृत फेला परेकी युवती खुश्बु खातुन रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साले युवतीका श्रीमान अर्वाज आलमलाई पक्राउ गरेको छ ।
माइती पक्षले ससुराली पक्षमाथि हत्याको आरोप लगाएका छन् । यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनाको अनुसन्धान जारी रहेको बताएका छन् ।
संखुवासभा,२असार: संखुवासभाकाे जिल्ला कारागार खाँदबारीभित्र दुई जना कैदीको सामूहिक कुटपिटपछि भएको हत्या प्रकरणमा अदालतले सात प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
संखुवासभा जिल्ला अदालतले उक्त घटनामा संलग्न देखिएका सुरक्षाकर्मी र कैदीबन्दीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो। जिल्ला अदालतका स्रेस्तेदार उज्वल न्यौपानेका अनुसार कारागारभित्र भएको अमानवीय कुटपिटका कारण दुई कैदीको ज्यान गएको पुष्टि भएपछि अदालतले सजाय सुनाएको हो।
२०८० साउन २४ मा मादी नगरपालिका–५ संखुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा परेका थिए।
अनुसन्धानका क्रममा उनीहरूलाई सुरक्षाकर्मीले प्रारम्भिक रूपमा कुटपिट गरेको र त्यसपछि केही कैदीबन्दीको समूहले समेत सामूहिक रूपमा आक्रमण गर्दा गम्भीर घाइते बनेका दुवै जनाको मृत्यु भएको थियो। कारागारभित्र सुरक्षाको जिम्मेवारीमा रहेका प्रहरीकै संलग्नता देखिएपछि निष्पक्ष अनुसन्धानको माग उठेको थियो। साभार:इकान्ति
पुर
- ३८६ हप्तादेखि निरन्तर मानव सेवा गर्दै सद्भाव साप्ताहिक भोजन सेवा
- प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित हुँदा धोबीनी गाउँपालिकाको नीति तथा कार्यक्रम बैठक स्थगित: जनप्रतिनिधि दिनभर पर्खेर फर्किए
- प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण।
- बाराको जितपुर–सिमरा सडकखण्डमा स्कुटर दुर्घटना : १६ वर्षीया सुप्रिया मोक्तानको उपचारका क्रममा मृत्यु
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
