नासाको ‘लुसी’ स्पेसक्राफ्टले ब्रम्हाण्डको इतिहास खोतल्ने क्रममा एउटा अनौठो र डगमगाउँदै हिँड्ने बदाम आकारको छुद्रग्रह फेला पारेको छ। ‘डोनाल्डजोहान्सन’ नाम दिइएको यो छुद्रग्रह प्राचीन पानी, आकाशीय टकराव र सौर्यमण्डलको उत्पत्तिबारे लुकेका रहस्यहरू उजागर गर्न महत्त्वपूर्ण कडी सावित भएको छ।
वैज्ञानिकहरूका अनुसार करिब १५ करोड ५० लाख वर्षअघि अन्तरिक्षमा भएको एक भयानक टकरावका टुक्राहरू बिस्तारै गुरुत्वाकर्षणका कारण आपसमा जोडिएर यो छुद्रग्रह बनेको थियो। लुसी स्पेसक्राफ्टले सन् २०२५ अप्रिल २० मा यस छुद्रग्रहको ६५० माइल नजिकैबाट यात्रा गर्दा खिचेका तस्बिर र वैज्ञानिक मापनहरू गत जुन १८ को ‘साइन्स’ जर्नलमा प्रकाशित गरिएका छन्।
पृथ्वीबाट हेर्दा यो सामान्य रूपमा घुमिरहेको जस्तो देखिए पनि लुसीको तथ्याङ्कले यो ‘स्पिनिंग टप’ जस्तै अनौठो तरिकाले घुमिरहेको देखाएको छ। यसले हरेक १०.५ दिनमा एक फन्को मार्छ भने यसको लामो अक्षमा हरेक २६.५ दिनमा अघि-पछि गर्दै हल्लिने गर्दछ।
दुईवटा ठूला हिस्साहरू (लोब्स) एउटा साँघुरो गर्धन जस्तो भागले जोडिएर बनेको यो बदाम आकारको स्वरूप सूर्यको प्रकाशको सुक्ष्म बलका कारण समयक्रमसँगै परिमार्जित भएको हो। सूर्यको प्रकाशले छुद्रग्रहलाई तताउँदा त्यसको सतहबाट इन्फ्रारेड विकिरण निस्कन्छ, जसले सिर्जना गर्ने हल्का धक्काले लाखौँ वर्षको अन्तरालमा यसको घुम्ने गतिलाई सुस्त बनाइदिएको छ। गति सुस्त हुँदा यसमा रहेका खुकुला चट्टान र भग्नावशेषहरू ओरालोतिर सरेका छन्, जसले गर्दा यसका क्रेटरको किनारा नरम देखिएका छन्।
यस मिसनको सबैभन्दा ठूलो उपलब्धि भनेको डोनाल्डजोहान्सनको सतहमा फलामयुक्त माटोका खनिजहरू फेला पर्नु हो। यस्ता खनिजहरू तरल पानीको उपस्थितिमा मात्र बन्न सक्छन्, जसले यहाँ कुनै समय छोटो अवधिको लागि पानी रहेको पुष्टि गर्छ। यो खोज ‘बेन्नु’ र ‘र्युगु’ जस्ता अन्य छुद्रग्रहहरू भन्दा फरक छ, जहाँ म्याग्नेसियमयुक्त माटो भेटिएकाले त्यहाँ लाखौँ वर्षसम्म पानीको उपस्थिति रहेको मानिन्छ। यस भिन्नताले यी छुद्रग्रहहरू सौर्यमण्डलको फरक-फरक समय वा क्षेत्रमा बनेको संकेत गर्दछ।
मानव पुर्खाको प्रख्यात जिवाश्म ‘लुसी’ को नामबाट नामकरण गरिएको यो अन्तरिक्ष मिसन जुपिटरको ‘ट्रोजन छुद्रग्रह’ हरूको अध्ययनका लागि अघि बढिरहेको छ। डोनाल्डजोहान्सनको यो सफल अध्ययन लुसी मिसनका लागि एउटा महत्वपूर्ण अभ्यास खेल जस्तै भएको छ, जसले आगामी दिनमा सौर्यमण्डलका ग्रहहरूको निर्माण र विकासक्रम बुझ्न थप मद्दत पुर्याउनेछ।
०७ असार बारा । जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका राँगा, पिकअप गाडी र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
घटनाको विवरण
प्रहरीका अनुसार मिति २०८३ असार ५ गते अनुमानित राती १०:०० बजे (२४:०० बजे) बाराको सिम्रौनगढ नगरपालिका वडा नं. १ खजानी गाउँमा उक्त अवैध सामान बरामद गरिएको हो। भारतबाट भन्सार छली ग ३ च ७१५२ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याउँदै गरेको अवस्थामा ६ वटा राँगा फेला परेका हुन्।
अस्थायी प्रहरी पोष्ट पथलैयाघाट, बाराबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) नविन कुमार सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त पिकअप र राँगाहरू नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्तिहरू
पिकअप र राँगा नियन्त्रणमा लिने क्रममा प्रहरीले संलग्न दुई जनालाई समेत पक्राउ गरेको छ:
पिकअप चालक: जिल्ला गोर्खा, गोर्खा न.पा. वडा नं. १ बस्ने पूर्ण बहादुर रोकाका २३ वर्षीय छोरा लक्ष्मण रोका।
पिकअप धनी: जिल्ला गोर्खा, गोर्खा न.पा. वडा नं. ४ बस्ने हरी शरण बानियाका ३३ वर्षीय छोरा ध्रुव बानिया।
बिगो र थप कारबाही
प्रहरीका अनुसार बरामद गरिएका ६ वटा राँगाको अनुमानित मूल्य ९०,०००/- (नब्बे हजार रुपैयाँ) र पिकअप गाडीको अनुमानित मूल्य ३०,००,०००/- (तीस लाख रुपैयाँ) गरी जम्मा ३०,९०,०००/- (तीस लाख नब्बे हजार रुपैयाँ) बराबरको मूल्यांकन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए अनुसार, नियन्त्रणमा लिइएका राँगा, पिकअप र दुवै व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा पठाइएको छ।
काठमाडौं । सामाजिक न्याय, सुशासन तथा नागरिक सचेतनाको प्रवर्द्धनमा खोज पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार जीवन शर्मालाई ‘खोज पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको छ।
ओझेलमा परेका यथार्थ, उत्पीडित समुदायका पीडा तथा सीमान्तकृत नागरिकका आवाजलाई तथ्य र प्रमाणका आधारमा निर्भीकतापूर्वक सार्वजनिक गर्दै खोज पत्रकारिताको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप कोरिया शैक्षिक परामर्श संघ नेपाल (केकान) ले शर्मालाई उक्त सम्मान प्रदान गरेको हो।
संस्थाले शर्माको वैचारिक स्पष्टता, व्यावसायिक निष्ठा तथा सार्वजनिक उत्तरदायित्वप्रतिको समर्पणलाई सम्मानको प्रमुख आधार मानेको जनाएको छ।
को हुन् सम्मानित शर्मा ?
गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस–६ (हाल गण्डकी गाउँपालिका–५) मा वि.सं. २०४० साल कार्तिक १५ गते जन्मिएका शर्माले सामान्य ग्रामीण परिवेशबाट संघर्षपूर्ण जीवनयात्रा प्रारम्भ गरेका थिए। पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालका ज्येष्ठ सुपुत्र शर्माले प्रतिकूल परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै पत्रकारितालाई आफ्नो कर्मक्षेत्र बनाएका हुन्।
वि.सं. २०६१ वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएपछि उनले पोखरा एफएम ९५.८ मेगाहर्जबाट प्रसारित ‘लोक सुसेली’ र ‘पल–प्रतिपल’ कार्यक्रममार्फत सञ्चार यात्राको सुरुआत गरेका थिए। त्यसयता रेडियो, छापा तथा अनलाइन माध्यममार्फत जनसरोकारका विविध विषयमा कलम चलाउँदै उनले खोज पत्रकारितामा छुट्टै पहिचान स्थापित गरेका छन्।
नेसनल अफ्लिमेन्ट, न्युजलाइन्स नेपाल डटकम, डिजिटल खबरलगायत विभिन्न सञ्चारमाध्यम हुँदै उनका अनुसन्धानमूलक समाचार, विशेष रिपोर्ट तथा फिचरहरू स्थानीय सरोकार, जनसवाल, राष्ट्रिय दैनिक र मध्यान्ह दैनिकलगायतका माध्यममा नियमित रूपमा प्रकाशित हुँदै आएका छन्।
सीमावर्ती क्षेत्रका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार, प्रशासनिक विकृति तथा अवैध कारोबारजस्ता विषयमा उनले तयार पारेका सामग्रीहरूले सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब सिर्जना गर्नुका साथै समाजमा सकारात्मक बहसको वातावरण निर्माण गरेका छन्।
हाल स्थानीय सरोकार पत्रिका तथा निगरानी दैनिक डटकम सञ्चालन गरिरहेका शर्माले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारितामार्फत लोकतान्त्रिक मूल्य, सुशासन तथा नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
‘सत्यको खोज अविराम रहनेछ’
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले खोज पत्रकारिता सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिने दायित्वपूर्ण अभ्यास भएको बताए।
उनले भने, “सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा चुनौती र जोखिमले भरिएको हुन्छ।”
खोज पत्रकारिताको क्रममा आर्थिक अभाव, विभिन्न दबाब, भौतिक धम्की तथा मानसिक तनावसमेत झेल्नुपरेको अनुभव सुनाउँदै उनले कठिनाइका बाबजुद सत्यको खोजलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
सम्मान प्रदान गर्दै आयोजक संस्थाले शर्माको निर्भीकता, तथ्यमा आधारित अनुसन्धान, निष्पक्ष रिपोर्टिङ तथा सामाजिक उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धता अनुकरणीय रहेको उल्लेख गरेको छ। संस्थाका अनुसार उनको योगदानले भावी पुस्ताका पत्रकारलाई सत्यनिष्ठ, साहसी तथा अनुसन्धानमुखी पत्रकारिताप्रति आकर्षित गर्दै व्यावसायिक इमान्दारिताको मार्गमा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
वीरगञ्ज । हिजोदेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा काठ तस्करीसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि पर्साको सबैया क्षेत्रमा वन संरक्षण निकायहरू सक्रिय बनेका छन्। त्यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूह, सब डिभिजन वन कार्यालय सबैया, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ परसवा क्षेत्रमा छापा मारेर अवैध रूपमा लुकाइछिपाइ राखिएको सालका गोलिया तथा फर्निचर प्रयोजनका काठ बरामद गरेको छ।
संयुक्त टोलीले त्रिपालले छोपेर राखिएको अवस्थामा ठूलो परिमाणमा सालको काठ फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त काठ वन क्षेत्रबाट अवैध रूपमा कटानी गरी संकलन गरिएको आशंका गरिएको छ। बरामद काठ नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।
छापामार कारबाहीका क्रममा सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानु, उपाध्यक्ष असलम आलम, सदस्य भइया रामप्रसाद पटेल, श्रवण साह लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले वन सम्पदा संरक्षणमा स्थानीय समुदाय, वन कार्यालय र सुरक्षा निकायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपालको वन ऐन, २०७६ अनुसार अनुमति बिना वन पैदावार कटानी, ओसारपसार, भण्डारण वा बिक्री वितरण गर्नु कानुनविपरीत मानिन्छ। अवैध रूपमा काठ तस्करी गरेको प्रमाणित भएमा संलग्न व्यक्तिलाई जरिवाना, कैद तथा वन पैदावार जफतसम्मको व्यवस्था रहेको छ। वन क्षेत्रको दोहनले वातावरणीय सन्तुलनमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
स्थानीयवासीले पछिल्लो समय वन क्षेत्रबाट चोरी कटानी र तस्करीका घटनामा वृद्धि भइरहेको भन्दै सम्बन्धित निकायलाई नियमित अनुगमन तथा कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका छन्। संयुक्त टोलीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने तयारी भइरहेको जनाएको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एयर फोर्स वान’ का लागि कतार सरकारले गत वर्ष ‘बिना सर्त’ उपहार स्वरूप दिएको नयाँ बोइङ ७४७-८ जेट विमान सार्वजनिक गरेका छन्।
अमेरिकी सेनाले करिब ४० करोड अमेरिकी डलर मूल्य बराबरको उक्त विलासी जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई अनावरण गरेका हुन्।
जोइन्ट बेस एन्ड्रयुजमा शुक्रबार आयोजित एक समारोहमा बोल्दै ट्रम्पले भने, ‘यो विमानलाई कसैले कहिल्यै नदेखेको विलासिताको स्तरमा उड्ने ह्वाइट हाउसका रूपमा रूपान्तरण गरिएको छ।’ अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिलाई ओसारपसार गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडानहरू सुरु गरिनेछ।
विमानको परिमार्जनका क्रममा सुरक्षा, मिसन सञ्चार, बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको वायुसेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। पहिले अन्य मुलुकको स्वामित्वमा रहेको यस विमानबाट हुन सक्ने कुनै पनि सम्भावित सुरक्षा थ्रेटलाई पूर्ण रूपमा निष्क्रिय पारिएको समेत सेनाले प्रस्ट पारेको छ। विमानको भित्री भागमा निकै कम परिवर्तन गरिएको छ भने बाहिरी भागमा रातो, सेतो, निलो र सुनौलो रङको नयाँ पेन्ट गरिएको छ।
सन् २०२५ को मे महिनामा कतारी शाही परिवारले यो विलासी बोइङ ७४७-८ विमान अमेरिकी रक्षा मन्त्रालयलाई राष्ट्रपतिको हवाई ढुवानी गर्ने एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। गत वर्ष यो महँगो विमान उपहारमा लिएको खबर सार्वजनिक भएपछि ट्रम्पका केही सहयोगीसहित दुवै राजनीतिक दलका नेताहरूले यसको कडा आलोचना गरेका थिए।
आलोचकहरूले यति ठुलो मूल्यको उपहार स्वीकार गर्नु स्वार्थको द्वन्द्व हुने र यो असंवैधानिक हुन सक्ने तर्क गरेका थिए। संघीय कानुनअनुसार अमेरिकी अधिकारीहरूले ४८० डलरभन्दा कम मूल्यको मात्र उपहार स्वीकार गर्न पाउने व्यवस्था भए पनि ह्वाइट हाउसले भने यो विमान स्वीकार गर्नु कानुनी रूपमा सही भएको दाबी गर्दै आएको छ। ट्रम्पले पद छोडेपछि यो विमान प्रेसिडेन्सियल लाइब्रेरीलाई दान गरिने प्रतिबद्धता ह्वाइट हाउसले जनाएको छ।
विमानको प्रशंसा गर्दै ट्रम्पले थपे, ‘यो विमानको बनोट र कारीगरी तपाईंले हेर्नुभयो भने विश्वासै गर्न सक्नुहुन्न। यसमा प्रयोग गरिएको सामग्री र इन्जिनको गुणस्तर विश्वकै उत्कृष्ट छ, यसको जोडा कतै छैन। यो वास्तवमै सम्मानको कुरा हो र म कतारका अमिरलाई धन्यवाद दिन चाहन्छु।’
कतारी जेट थपिनुअघि एयर फोर्स वानको बेडिका रूपमा सन् १९९० देखि प्रयोगमा रहेका दुईवटा ७४७-२००बी जेटहरू थिए। ती पुराना मोडलमध्ये एउटालाई अहिले सेवाबाट हटाइएको ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेङले सामाजिक सञ्जाल एक्समा पुरानो विमानको तस्बिरसहित ‘लास्ट राइड’ भन्दै सङ्केत गरेका छन्।
लामो अवधिको एयर फोर्स वानका लागि बोइङले प्रतिज्ञा गरेका दुईवटा भीसी-२५बी जेटहरूको उत्पादनमा ढिलाइ भइरहेकाले यो कतारी जेटलाई राष्ट्रपतिले अन्तरिम समयका लागि प्रयोग गर्ने वायुसेनाले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
