बारा — विश्रामपुर गाउँपालिका–३ निवासी राजकुमार गुप्ताका ११ वर्षीय छोरा मिठु भन्ने राजेश गुप्ता तीन दिनअघि घरबाट हराएका थिए। उनको खोजीका लागि नेपाल प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा राजेश भारतको रक्सौल प्रखण्डअन्तर्गत अहिर्वा पञ्चायत–१, सिंगही नदीको खोलामा मृत अवस्थामा फेला परेको जनाइएको छ।
Nirman
मृत अवस्थामा फेला परेका बालकको पहिचानका लागि उनकी आमालाई बोलाई देखाउँदा आफ्नै छोरा राजेश गुप्ता भएको पुष्टि भएको बताइएको छ।
भारतको ११२ नम्बर प्रहरी टोलीले शवलाई आफ्नो नियन्त्रणमा राखी घटनाबारे अनुसन्धान गरिरहेको र अनुसन्धानपछि नेपाल प्रहरीलाई जिम्मा लगाउने जनाएको छ।
घटनाबारे नेपाल प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ। प्रहरीले केही व्यक्तिलाई अनुसन्धानको घेरामा राखी घटनाको कारण र बालकको मृत्यु कसरी भयो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।
घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
वीरगंज , भदौ ११ —
वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा दुई नाबालकको केही दिनको अन्तरालमा भएको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्र चौबेलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार रोशनीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। घटनाको थप विवरण भने शल्यपरीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुसैलीका ९ वर्षीय आदर्श चौबेको आइतबार र उनकी बहिनी अनुष्का चौबेको मंगलबार शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो। अनुष्काको शव शल्यपरीक्षणका लागि काठमाडौं पठाइएको छ।
मृतकका मामा प्रिन्सकुमार त्रिपाठीले आदर्शको मृत्युबारे परिवारलाई जानकारी नदिई अन्त्येष्टि गरिएको आरोप लगाएका छन्। अनुष्काको मृत्युको प्रकृति आदर्शको मृत्युसँग मिल्दोजुल्दो देखिएपछि परिवारले प्रहरीलाई खबर गरेको उनको भनाइ छ।
मृतक बालबालिकाकी आमाको करिब तीन वर्षअघि मृत्यु भएपछि उनीहरूका बुबा तारकेश्वर चौबेले रोशनीसँग दोस्रो विवाह गरेको परिवारले जनाएको छ। परिवारले सौतेनी आमाबाट बालबालिकामाथि दुर्व्यवहार तथा शोषण भएको आरोपसमेत लगाएको छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
घटनाका बेला बालबालिकाका बुबा भारतमा रहेको र हाल बिरामी अवस्थामा वीरगंज हेल्थकेयर अस्पतालमा प्रहरी निगरानीमा उपचाररत रहेको प्रहरीले जनाएको छ।
दुवै बालबालिकाको मृत्युको वास्तविक कारण शल्यपरीक्षण प्रतिवेदन र प्रहरी अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
पर्सा , भदौ ११ —
रसुवामा आएको भीषण बाढीपछि नेपाली तथा विदेशी गरी ४०३ जना पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डका अनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै भारतका १३३ जना रहेका छन्। त्यसपछि नेपालका ६२, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना छन्।
त्यस्तै, युक्रेनका ७, सिंगापुर र दक्षिण अफ्रिकाका ६–६, न्युजिल्यान्ड र जापानका ५–५, जर्मनीका ४ तथा फ्रान्सका ३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
आयरल्यान्ड, नेदरल्यान्ड्स, रूस र स्पेनका २–२ जना तथा बेलारूस, फिनल्यान्ड, हंगेरी, इसराइल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका १–१ जना सम्पर्कविहीन छन्।
पर्यटन बोर्डले सम्पर्कविहीन पर्यटकहरूको विवरण संकलन तथा प्रमाणीकरणको काम जारी राखेको जनाएको छ। सम्पर्कविहीन हुनु उनीहरू बाढीमा बेपत्ता भएको पुष्टि भने होइन।
राजन कुमार बानिया,वीरगंज ११ भदौ। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो।
रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारलाई राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले सहयोग गर्न लागिएको अध्यक्ष यादवले बताउनुभएको छ।
प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा रसुवाका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले सहयोगको हात अघि बढाएको उहाँको भनाइ छ। अध्यक्ष यादवले प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रहसमेत गर्नुभएको छ।
गाउँपालिकाले उपलब्ध गराउने ५ लाख रुपैयाँबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री तथा अन्य मानवीय सहयोगमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष यादवले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आह्वान गर्नुभएको छ।
रसुवामा बाढीपछि खोजी, उद्धार तथा राहत वितरणको कार्य जारी रहेका बेला सखुवा प्रसौनी गाउँपालिकाले गरेको आर्थिक सहयोगको घोषणालाई स्थानीय तहबाट विपद्पीडितप्रति गरिएको मानवीय सहयोगका रूपमा लिइएको छ।
वीरगन्ज । रसुवामा आएको बाढी–पहिरोपछि मधेश प्रदेशका विभिन्न जिल्लाबाट ३० जना सम्पर्कविहीन भएको भन्दै प्रहरीमा निवेदन परेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले परिवार तथा आफन्तबाट प्राप्त विवरणका आधारमा ३० जनाको नामावली सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार रसुवा बाढी–पहिरोमा परी सम्पर्कविहीन भएको भन्दै मधेशका पाँच जिल्लाबाट प्रहरीमा जानकारी आएको छ।
सबैभन्दा धेरै पर्साबाट १७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी ओमप्रसाद अधिकारीका अनुसार परिवार तथा आफन्तले दिएको सूचनाका आधारमा सम्पर्कविहीनको विवरण संकलन गरिएको हो।
प्रहरीले सूचीमा रहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
जिल्लागत रूपमा हेर्दा पर्साबाट १७ जना, बाराबाट ३ जना, रौतहटबाट २ जना, सर्लाहीबाट ६ जना र सप्तरीबाट २ जना सम्पर्कविहीन भएको भन्दै प्रहरीमा निवेदन परेको छ।
पर्साबाट सम्पर्कविहीन भएको सूचीमा वीरगन्ज महानगरपालिकाका साथै बारा, मकवानपुर र सिन्धुलीलगायत जिल्लाका स्थायी ठेगाना भएका तर हाल पर्सामा बसोबास गर्ने व्यक्तिहरू पनि छन्।
पर्साको सूचीमा रहेका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि सम्पर्कमा आइसकेको उल्लेख छ।
त्यसैले प्रहरीमा परेको प्रारम्भिक विवरणअनुसार ३० जनाको नामावली रहे पनि हाल सम्पर्कविहीन रहेका व्यक्तिको संख्या २८ जना देखिन्छ।
कुन जिल्लाबाट कति जना ?
पर्सा — १७ जना
सर्लाही — ६ जना
बारा — ३ जना
रौतहट — २ जना
सप्तरी — २ जना
जम्मा — ३० जना (प्रहरीमा परेको प्रारम्भिक विवरण)
पर्साका १७ जनामध्ये दुई जना उद्धारपछि सम्पर्कमा आइसकेकाले हाल २८ जना सम्पर्कविहीन रहेको विवरणबाट देखिन्छ।
प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।
- जीपीएसले देखाएको लोकेसन पछ्याउँदा शाखा अधिकृतको घरबाट चोरीको मोटरसाइकल बरामद
- शिक्षालाई समृद्धिको आधार कसरी बनाउने-अब प्रमाणपत्र होइन, क्षमता र उत्पादन दिने शिक्षा आवश्यक
- वीरगञ्जको छपकैयास्थित टावर लाइटमा झण्डा राख्ने विषयलाई लिएर विवाद, प्रहरीको समन्वयपछि अवस्था सामान्य
- रसुवामा बाढीको भीषण संकट : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
