राजन कुमार बानिया
पर्सा २१ जेठ
एसईई परीक्षा २०८१ मा पर्सा क्षेत्र नं. ४ भरिमै सर्वोत्कृष्ट नतिजा हासिल गरेका ठोरी गाउँपालिका–४ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी अन्सु खनाललाई रु. ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ ।शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई उत्कृष्ट नतिजाका लागि प्रेरित गर्ने उद्देश्यले प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यले घोषणा गर्नुभएको पुरस्कार कार्यक्रमअन्तर्गत खनाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
खनालले एसईई परीक्षामा ३.६६ जिपिए प्राप्त गरी पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेका थिए । जिराभवानी गाउँपालिका अन्तर्गत रहेको श्री वितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा आयोजित कार्यक्रममा माननीय शाक्यले खनाललाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
सोही कार्यक्रममार्फत विभिन्न पालिकामा प्रथम हुने अन्य विद्यार्थीहरूलाई समेत जनही रु. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा श्री नेरा माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जिपिए ३.२५), श्री नेरा माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जिपिए ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (जिपिए ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (जिपिए ३.५५) तथा श्री मङ्गल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जिपिए ३.२२) रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय शाक्यले शिक्षा नै विकास र समृद्धिको मूल आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च लक्ष्यका साथ अध्ययनमा निरन्तर लाग्न आग्रह गर्नुभयो । उहाँले उत्कृष्ट प्रतिभाको सम्मान र प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले यस प्रकारको पुरस्कार व्यवस्थाले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरेका थिए ।
प्रहरी चौकी परवानीपुरका क्षेत्रहरूमा घुमुवा प्रहरी सहायक हवल्दार जामिल अख्तरको घुमुवा आतंक बढेको छ।परवानीपुर चौकमा विभिन्न किसिमको चेकजाँचको बहानामा सवारीसाधनरुलाई रोकी प्रत्येक गाडीबाट १०० देखि १००० रुपैया सम्म असुल्ने गरेका छन।पर्सा र बाराको विभिन्न सिमानाकाहरुबाट अवेैधरुपले हुने तस्करी तथा तस्करी गरी ल्याउने नेपाली तस्कर वा भारतिय तस्करले जीतपुर तथा सिमरा सम्म सेटिङ् गरि भित्राएको सामानहरु जितपुर र सिमरा बजार भई काठमाडौ सम्म तस्करहरुले पुर्याउने गर्छन् ।
घूमुवा जामिल अख्तरले तस्करीको सामानलाई बिच बाटोमै पक्राउ गरी ठूलो रकमको बार्गेनिङ गरेर पुन रकम लिई छोडन समेत गरेको स्रोतले जनाएको छ।परवानीपुर प्रहरी चौकीका वरिष्ठ प्रहरी नायब निरीक्षक शक्ति सिंहले कलकारखाना, सवारीसाधन तथा तस्करहरु संग आर्थिक कारोबारको लागि प्रहरी सहायक हवल्दार अख्तरलाई घुमुवाको रुपमा परिचालन गरेका छन।
अहिले पर्सा जिल्लाको प्रख्यात र लामो समय देखी आफ्नो पहुँच र बलमा केही क्षेत्रमा घूमुवा बस्दै आएका व्यक्तिहरु अहिले प्रदेश प्रहरी कार्यालय तानिएको र छानबिन भइरहेको समेत जानकारी प्राप्त भएको छ। तर पनि अहिले बारा र पर्सा जिल्लाको थुप्रै ठाँउका सिभिल युनिफर्म मा घुम्ने घुमुवा हरु आफ्नो सञ्जाल चलाउने र तस्कर देखी कलकारखाना समेत असुली गरी बढावा दिने गरेकोे आरोप लागेको छ।
परवानीपुर देखी जीतपुर सिमरा सम्मका स्थानीय र केही व्यापारीले आफ्नो पहिचान लुकाउँदै र आफ्नो पसलमा बिक्री हुने भारतिय वस्तु पछि पक्राउ पर्ने डर त्रासले गर्दा आफ्नो पहिचान लुकाउँदै अनेकौ जानकारी दिएका र आरोप समेत लगाएका छन्। स्थानीय र त्यस क्षेत्रका व्यापारीको अनुसार भारतसँग जोडिएका पर्सा र बारा क्षेत्रका छपकैया,अलौ,अमरपाटी, प्रसौनीभाठा, सबैठवा,भिस्वा,जनकिटोला र बाराको मुशहार्वा, बलिरामपुर लगायतका नाकाहरू हुँदै अवैधरूपमा सामान भित्राई जितपुर बजार सम्म ल्याउने व्यापारीहरु १० हजार देखि ५० हजार सम्म महिनवारी बरिस्ठ सई सिंहले बुझदै आएको व्यापारीहरूले बताएका छन्।
स्थानीय स्रोतहरूका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चकलेट–बटर तथा चिनी कारोबारीदेखि लिएर गोदाम सञ्चालकसम्मलाई लक्षित गरी नियमित रूपमा रकम उठाउने गरिएको आरोप छ।एक स्थानीय व्यापारीले नाम गोप्य राख्ने सर्तमा भने,“व्यापार गर्नै गाह्रो भइसकेको छ। मासिक रकम नदिए ढुवानी रोकिन्छ, सामान चेकजाँचका नाममा हैरानी दिइन्छ। डरकै कारण धेरैले बोल्न सकिरहेका छैनन्।”व्यापारीहरूको भनाइ अनुसार, रकम नबुझाउने व्यवसायीहरूलाई विभिन्न बहानामा प्रहरी प्रशासनिक दबाब, सवारी चेकिङ, मालसामान रोक्ने जस्ता कार्यमार्फत प्रताडित गरिने गरिएको आरोप छ।
यसले व्यवसायको लागत बढाउनुका साथै साना व्यवसायीहरूलाई थप मारमा पारेको उनीहरूको गुनासो छ।शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो।आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्यनाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरीतस्करी बढनु कुनै नौलो कुरा होईन।
यस विषयमा अहिले चलिरहेको छानबिन टोली यस विषयमा पनि ध्यान दिन अति आवश्यक रहेको
बुझिन्छ।
काठमाडौं,२०जेठःसरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा यात्रुले १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय रुपैयाँ पु¥याएको छ ।
स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’
तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ ।
यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो ।उक्त नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो ।
संसदमा समेत यो विषयले प्रवेश पाएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त नियम अघिल्ला सरकारले बनाएको भन्दै यस पटक छुट सीमा बढाउने आश्वासन दिएका थिए ।सरकारले पटक पटक यो नियममा कडाइ गर्न खोजे पनि सफल हुन सकेको छैन । साभार - madheskhabar
लिखत किर्ते गरेको कसुरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा गरिएको प्रहरी अपरेसनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए ।
मेयर सिंहविरुद्ध सरकारी कागजात र नागरिकता किर्ते गरेको आरोपमा स्थानीय वीरगञ्ज-३ छपकैया निवासी लियाकत अलीले २०८० सालको माघ महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए। सिंहले नक्कली कागजातका आधारमा अर्कैकी छोरीलाई आफ्नी छोरी दाबी गर्दै नेपाली नागरिकता दिलाएको आरोप छ।
सिंह पक्राउ पुर्जी जारी भएदेखि नै महानगरको कामको सिलसिलामा काठमाडौँमा रहेको भन्दै सम्पर्कविहीन रहँदै आएका थिए। प्रहरीले उनीसहित अन्य ३ जनाविरुद्ध परेको सोही किर्ते मुद्दामा थप अनुसन्धान अघि बढाएको छ।
पर्सा प्रहरीले सञ्चालन गरिरहेको लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान अन्तर्गत वीरगञ्जबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएका युवकको साथबाट खैरो हेरोइनजस्तो देखिने लागुऔषध बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार दिउँसो करिब १ बजेर १० मिनेटको समयमा वीरगञ्ज महानगरपालिका–१५ स्थित भिस्वा चोक क्षेत्रमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती तथा निगरानी गरिरहेको थियो। सोही क्रममा सडकखण्ड हुँदै हिँडिरहेका एक युवकले प्रहरी टोलीलाई देख्नेबित्तिकै शंकास्पद रूपमा भाग्ने प्रयास गरेका थिए।
युवकको गतिविधि अस्वाभाविक देखिएपछि प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिई कानुनबमोजिम शरीर तथा साथमा रहेको सामग्रीको खानतलासी गरेको थियो। तलासीका क्रममा उनले लगाएको पाइन्टको खल्तीमा प्लास्टिकमा बेरेर लुकाइराखिएको खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका–१५ भिस्वा निवासी २१ वर्षीय ऋतिक साह रहेको प्रहरीले जनाएको छ। उनको साथबाट प्लास्टिकसहित ०.६१ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।
बरामद पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षण तथा अनुसन्धानका लागि सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका साहविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ।
पर्सा प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। युवापुस्तामा बढ्दो लागुऔषध दुव्र्यसनलाई नियन्त्रण गर्नुका साथै लागुऔषधको ओसारपसार, बिक्रीवितरण तथा सेवनमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार लागुऔषध सम्बन्धी गतिविधिविरुद्ध प्रहरीको अभियान निरन्तर जारी रहनेछ। साथै, यस्ता अवैध क्रियाकलापबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई सूचना उपलब्ध गराई सहयोग गर्न सर्वसाधारणहरुसँग आग्रह पनि पर्सा प्रहरीले गरेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३