वीरगंज,११ जेठ।पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले रातिको समयमा छापा मारेर उक्त कारबाही गरेको जनाएको छ।इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ १० गते राति करिब २३:३० बजे पोखरिया नगरपालिका वडा नं. ९ स्थित एक टहरामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त गरेपछि तत्काल प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले शंकास्पद स्थानमा खानतलासी गर्दा ५.५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारी बरामद गरेको जनाएको छ। बरामद गरिएको पदार्थ परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने प्रहरीले जानकारी दिएको छ।कारबाहीका क्रममा स्थानीय बिजुली राउत कम्करका अन्दाजी २० वर्षीय छोरा विशाल राउत कम्करलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय पोखरिया ल्याएर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय क्षेत्रमा लागुऔषध कारोबार तथा सेवन नियन्त्रण गर्न विशेष निगरानी र अभियान सञ्चालन भइरहेको छ। युवापुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन तथा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सक्रिय रूपमा लागिरहेको जनाइएको
छ।
वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा जारी क्रिकेट प्रतियोगिता ‘अलौ प्रिमियर लिग’ अन्तर्गत सम्पन्न सेमिफाइनल खेलमा अलौ ब्लास्टर टिम विजयी भएको छ।
प्रतिस्पर्धात्मक खेलमा अलौं ब्लास्टरले निर्धारित ओभरमा ११७ रन बनाउँदै अलौ रोयल्सलाई ११८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको अलौ रोयल्स टिम भने ६३ रनमै समेटिएपछि अलौ ब्लास्टरले ५६ रनको फराकिलो अन्तरले जित हासिल गरेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अलौ ब्लास्टरका खेलाडी उमेश कुमार राम ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ३२ बलमा ४६ रन बनाउनुका साथै बलिङतर्फ ३ विकेटसमेत लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।
वीरगञ्ज, जेठ ९ ।
विश्व हिन्दू परिषद् नेपालले शनिबार वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरी नेपाल हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण गरेको छ। वीरगञ्जको माईस्थान अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच उक्त सामग्री हस्तान्तरण गरिएको हो।
विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटाले हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारलाई उक्त ज्याकेटहरू हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हिन्दू पत्रकार संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई ज्याकेट लगाइदिएर सम्मान समेत गरिएको थियो।
सोही अवसरमा लामो समयदेखि वीरगञ्जलाई आफ्नो कर्मक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दीपक चौरसियालाई हिन्दू पत्रकार संघमा आबद्ध गराइएको छ। नवआबद्ध पत्रकार चौरसियालाई संघका अध्यक्ष राजन रौनियार र सचिव राज सराफले संगठनको प्रेश ज्याकेट लगाइदिएर संस्थामा भव्य स्वागत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटा**ले पत्रकारहरूको सुरक्षा र पहिचानमा सहयोग पुगोस् भन्ने उद्देश्यले ज्याकेट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो "मुलुक र समाजको रूपान्तरणमा पत्रकारहरूको भूमिका सधैं अग्रपंक्तिमा रहन्छ। कार्यक्षेत्रमा खटिँदा पत्रकार साथीहरूलाई सहज होस् र उहाँहरूको छुट्टै पहिचान झल्कियोस् भनेर परिषद्को तर्फबाट यो सानो सहयोग गरेका हौं। आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न हामी तयार छौं।"
त्यसैगरी, ज्याकेट ग्रहण गर्दै हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले सहयोगका लागि परिषद्लाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नवआबद्ध पत्रकार चौरसियालाई संगठनमा स्वागत गर्दै भन्नुभयो"विश्व हिन्दू परिषद्ले पत्रकारहरूको भावना र आवश्यकतालाई बुझेर जुन सहयोग गरेको छ, त्यसका लागि हामी आभारी छौं। यो ज्याकेट केवल एउटा कपडा मात्र नभएर कार्यक्षेत्रमा हाम्रो जिम्मेवारी र पहिचानको प्रतीक पनि हो। यस्ता सहयोगले श्रमजीवी पत्रकारहरूलाई थप उर्जाका साथ आफ्नो धर्म र कतर्व्य निर्वाह गर्न हौसला मिल्नेछ। साथै, आजैका दिन संगठनमा दीपक चौरसियाजी जस्तो उर्जावान् पत्रकार जोडिनुहुँदा संगठनलाई थप मजबुती मिलेको महसुस भएको छ।"
हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संघका सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वीरगञ्ज । जिल्लाको सुरक्षा व्यवस्थाको केन्द्र मानिने जिल्ला प्रहरी कार्यालय पर्साकै मुख्य गेट अगाडिबाट दिनदहाडै केटिएम डुक मोटरसाइकल चोरी भएपछि वीरगञ्जको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
शुक्रबार दिउँसो करिब २ः१२ बजे जिल्ला प्रहरी कार्यालय अगाडि पार्किङ गरेर राखिएको मधेश प्रदेश ०३–०३९ प ७१७८ नम्बरको केटिएम डुक मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको हो । उक्त मोटरसाइकल धोबिनी गाउँपालिका–१ निवासी प्रमेश्वर साह रौनियारको नाममा दर्ता रहेको बताइएको छ ।
घटना जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा जिल्ला हुलाक कार्यालय नजिकैको व्यस्त क्षेत्रमा भएको हो । स्थानीयका अनुसार उक्त क्षेत्रमा दिनभर प्रहरी तथा ट्राफिक प्रहरीको बाक्लो उपस्थिती रहने गर्दछ ।
प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजमा देखिएको व्यक्ति यसअघि भएका अन्य मोटरसाइकल चोरी घटनामा पनि संलग्न रहेको आशंका गरिएको छ । तर पटक–पटक फुटेजमा देखिए पनि आरोपी पक्राउ नपरेपछि प्रहरीको अनुसन्धान र सक्रियतामाथि प्रश्न उठ्न थालेको छ ।
पीडित पक्षले घटनास्थलको सिसिटिभी फुटेज माग्दा प्रहरी प्रशासनले उपलब्ध नगराएको आरोप समेत लगाएको छ । मोटरसाइकल चोरीको घटनाबारे सवारीधनीले जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराइसकेको बताइएको छ ।
प्रहरी कार्यालयकै गेट अगाडिबाट चोरीको घटना भएपछि सर्वसाधारणले वीरगञ्जको सुरक्षा प्रणाली कमजोर बन्दै गएको टिप्पणी गर्न थालेका छन् ।

- नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ, १०० देखि १००० सम्मका नक्कली नोट बरामद
- परवानीपुरमा बिबादित बनेका घुमुवा अहीले गण्डक चौकिमा कार्यरत, सम्बन्धित निकाय मौन कारवाही कसले गर्ने
- मुशहर्वा सशस्त्रका इन्स्पेक्टर बिदामा,सई आफनै मौजमा रकम बुझ्दै तस्करी खुलम खुल्ला
- बाराका एकजना हत्या गरेको कसुरमा चितवन प्रहरीको नियन्त्रणमा
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३