बारा जिल्लाको कलैया–बरियारपुर सडक खण्डस्थित अस्थायी ट्राफिक पोष्ट तेलकुवामा कार्यरत ट्राफिक प्रहरी माथि चेकिङको नाममा खुलेआम असुली तथा लुटधन्दा चलाएको गम्भीर आरोप सार्वजनिक भएको छ ।
स्थानीय स्रोतका अनुसार सो पोष्टका इन्चार्ज ट्राफिक प्रहरी हवलदार मौजेलाल जयसवाल र ट्राफिक सहायक हवलदार अर्जुन कुमार यादवले विशेषगरी भारतीय नम्बर प्लेटका मोटरसाइकल, कार तथा धान लोड गरेका टयाक्टरहरुलाई अनावश्यक दुःख दिँदै रकम असुल्ने गरेको आरोप छ ।
आजको काठमाडौँ बुलेटिन सँस्था द्वारा सार्वजनिक गरिएको भिडियाेले त्यस क्षेत्रको वास्तबिक बिषय झल्काएको देखिन्छ। भिडियाे मा गरीएको कुराकानी र हातमा रहेको १०० रुपैयाँको रकमले हुने गतिविधी लाई नै प्रष्ट पारेको छ।
सामान्य कागजी प्रक्रिया वा सानो –सानो बहाना बनाई सवारी साधन रोकी चालकहरू माथि दबाब सिर्जना गरी रकम असुल्ने कार्य भइरहेको बताइएको छ ।आरोप अनुसार, अस्थायी ट्राफिक पोष्ट तेलकुवाले दैनिक रूपमा चेकिङको नाममा करिब १५ हजार रुपैयाँसम्म असुली गर्ने गरेको स्थानीयहरुले दाबी गरेका छन् । साथै, माथिल्लो तहसम्म मासिक ‘भागबण्डा’ बुझाउनुपर्ने दबाबका कारण यस्तो अवैध गतिविधि बढ्दै गएको समेत बताएका छन् ।
ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख दीपक केसीलाई सो ट्राफिक पोष्टबाट मासिक १० हजार रुपैयाँ बुझाउनुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी स्रोतले दाबी गरेको छ ।यस प्रकारको गैरकानुनी क्रियाकलाप प्रति सरोकारवाला निकायको ध्यान नगएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
ट्राफिक प्रहरीको यस्तो गतिविधि तुरुन्त रोक्न र दोषी प्रहरीहरु माथि कडा कारबाही गर्न स्थानीयहरुले सम्बन्धित निकाय सँग माग गरेका छन् ।ट्राफिक प्रहरीले चेकिङ्गको नाममा सर्वसाधारणलाई दुःख दिने र रकम असुलने कार्य बन्द गरी असुली कार्यमा संलगन माथि तत्काल छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाए आन्दोलन गर्न बाध्य हुने स्थानियले जानकारी गराए।
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी साधनमा नम्बर प्लेट स्पष्ट राख्नुपर्ने नियम कार्यान्वयनका लागि विशेष अभियान सञ्चालन गरेको छ।
मिति २०८३ जेठ २१ गते रतुवामाई नगरपालिका–४ स्थित आमबारी चोकको हुलाकी सडक खण्डमा प्रचौ झुर्किया मोरङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट दाम्राभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधनहरूको चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा नम्बर प्लेट नभएका, मेटिएका तथा स्पष्ट रूपमा नदेखिने ११ वटा बस, माइक्रोबस, ट्रक, ट्याक्टर, टिपर तथा दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ती सवारी साधनका नम्बर प्लेट तत्काल स्पष्ट रूपमा लेख्न लगाइएको थियो।
साथै, नम्बर प्लेट स्पष्ट नहुँदा हुने जोखिम, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाको महत्वबारे चालकहरूलाई सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि सवारी साधनमा नम्बर प्लेट स्पष्ट राख्न र ट्राफिक नियमहरूको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।
धनकुटा / धनकुटामा अवैध रूपमा भरुवा बन्दुक बोकेर हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ खुलाल टोलका २३ वर्षीय विजय राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले राईलाई एकनाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियमित गस्तीका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचका क्रममा उनी पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको भरुवा बन्दुकसहित राईलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरिएको छ। घटनाको प्रकृति, हातहतियारको स्रोत तथा यसको प्रयोगसम्बन्धी पक्षमा केन्द्रित भएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सुरक्षा निकायले अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको जनाएको छ। प्रहरीले यस्ता गतिविधिबारे जानकारी भए तत्काल सूचना दिन सर्वसाधारणसँग आग्रहसमेत गरेको छ।
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गरेका छन।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन। पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ।
नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ।
पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नव नियुक्त मन्त्रिहरुको शपथग्रहण जेठ २५ गते सोमवारका लागि तय भएको छ।
काठमाडौं ।
सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ ।
‘घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं । समितिले काम सुरु गरिसकेको छ’ प्रवक्ता भट्टले भने । थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन । सकेसम्म छिटो छानबिन सक्काएर प्रतिवेदन पेश गर्न भनिएको छ ।
बुधबार राति ८ बजेतिर सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो । आगलागीबाट केही सवारीहरुमा क्षति पुगेको बताइएको छ । बंगलामुखी गणबाट आएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।आगलागी हुँदा एटिभी भेहिकल (क्वाड बाइक) ६ वटा, एक उच्च अधिकारी चढ्ने गाडी र दुई वटा बाइकमा क्षति भएको छ।
सशस्त्र हेडक्वाटरमा यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।
- एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सांसद शाक्यद्वारा नगद पुरस्कार
- तस्करी मुख्य नाकामा तर मालामाल परवानीपुरका घुमुवा अख्तर, बारा र पर्सा कोे तस्कर देखी ट्रान्सपोर्ट सम्म ब्यापक असुली छुटेन फ्याक्ट्री समेत
- सरकारको नयाँ नियम : भारतबाट अब ५ सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने
- ठोरीबाट वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३