पर्सा , भदौ २३ –
भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको आज एक वर्ष पूरा भएको छ । सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन भ्रष्टाचार नियन्त्रण, सुशासन, राजनीतिक जवाफदेहिता, रोजगारी र राज्य सञ्चालनमा युवाको सहभागिताजस्ता विषयमा केन्द्रित भएको थियो ।
आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए भने निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको थियो । आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका ज्यान गुमाएका युवाको सम्झनामा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
एक वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने बताएकी छन् । उनले राजनीतिक स्थायित्व संसदीय गणितभन्दा शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने उल्लेख गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी हुनुपर्नेमा जोड दिएकी छन् ।
कार्कीले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । साथै, आन्दोलनको क्षतिपछि फेरि भोटेकोशी बाढीको पीडा थपिएको उल्लेख गर्दै विपद्का बेला धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न आह्वान गरेकी छन् ।
आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका विषय राज्य सञ्चालनको बहसमा आए पनि युवाले खोजेको परिवर्तन अझै पूर्ण रूपमा संस्थागत हुन नसकेको टिप्पणी हुँदै आएको छ । यसैबीच, बाढीपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।
वीरगंज, २२ भदौ । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका पर्सा जिल्लाको कालिकामाई गाउँपालिका घर भएका दुईजनाको आज कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
२०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा नुवाकोटबाट सम्पर्कविहीन भएका कालिकामाई गा.पा.–०१ बस्ने वर्ष १९ का आरभ चौरसिया र कालिकामाई गा.पा.–०२ बस्ने वर्ष २८ का आलोक चौरसिया हालसम्म सम्पर्कमा नआएको र भेट्ने आशा नभएको भन्दै परिवारजनले आज कुश पुतलाको शव बनाई अन्तिम संस्कार गरेको बताइन्छ ।
अमलेखगञ्ज । अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहमाथि चेकजाँचका नाममा विभिन्न सवारीसाधनबाट अनधिकृत रूपमा रकम असुल्ने गरेको आरोप लागेको छ।
अमलेखगञ्ज ट्राफिक बिटअगाडिको सडकमा सवारीसाधन रोकेर चेकजाँच गर्ने क्रममा एक सय, दुई सयदेखि पाँच सय रुपैयाँसम्म रकम लिने गरेको स्थानीय तथा स्रोतको दाबी छ। विशेषगरी वीरगञ्ज तथा पूर्वतर्फबाट आउने मालवाहक सवारीसाधन, कुखुरा तथा भैंसी बोकेका सवारीसाधनबाट रकम उठाउने गरिएको आरोप छ।
मालवाहक सवारीसाधनसँग ‘मासिक सेटिङ’को आरोप
यसैबीच, इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर माथि विभिन्न व्यवसायी, ढुवानी व्यवसायी तथा बिचौलियामार्फत नियमित रूपमा रकम संकलन हुने गरेको गम्भीर आरोपसमेत लगाइएको छ ।
स्रोतअनुसार भारतीय मालवाहक सवारीसाधन, ओभरलोड कन्टेनर तथा अन्य ढुवानी व्यवसायसँग सम्बन्धित सवारीसाधनलाई आर्थिक प्रभावका आधारमा सहजीकरण गर्ने गरिएको छ । कतिपय सवारीसाधनलाई कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायमा पठाउनुपर्ने अवस्थामा सामान्य कारबाही गरेर छाड्ने गरिएको समेत पाइएको छ ।
ओभरलोड रहेकाे ट्रकहरू लाई नियम अनुसार जरिवाना तिर्नुपर्ने व्यवस्था ट्राफिक नियममा रहेको छ। साथै जरिवाना सहित ट्रकको भार क्षमता बाहेकको वजन रहेकाे वस्तु पूर्ण रूपमा त्यस ट्रकबाट झार्नु पर्ने र पूर्ण ट्रकको क्षमता र नेपाल ट्राफिक प्रहरीकाे नियम अनुसारको वजन सहित जाने नियम मिलाइएको छ।
तर ट्रक चालक हरु आफनो आम्दानी बढाउन क्षमता भन्दा बढी भार बोकेर आउने गरेका छन। यदि कोई ट्रक चालक लगभग पाँच टन भार बढी लोड गर्यो भने एउटा मिनी ट्रकको भाडा जतिको रकम पाउने देखिन्छ।
तर यस ठाउँ हैन नेपाल अधिराज्य भरी पुग्ने सम्पूर्ण भारतीय मालवाहक ट्रक, कन्टेनर हरु जहिले पनि क्षमता भन्दा बढी तीन टन देखि दस टन सम्म ओभरलोड गरी आउने गरेको कारण पथलैया अमलेखगन्ज बाटो जहिले पनि बिग्रेकै अवस्थमा हुन्छ।
स्रोतका अनुसार उक्त क्षेत्रमा दैनिक विभिन्न सवारीसाधनबाट करिब ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम उठ्ने गरेको दाबी गरिएको छ। उठाइएको रकममध्ये माथिल्लो तहसम्म समेत मासिक रूपमा हिस्सा जाने गरेको स्रोतको दाबी छ।
ट्राफिक चेकजाँचका क्रममा अनावश्यक रूपमा सवारीसाधन रोक्ने र रकम नदिएसम्म दुःख दिने गरेको गुनासो केही चालकले गरेका छन्। यस विषयमा प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहको भूमिका तथा चेकजाँचका क्रममा हुने आर्थिक कारोबारबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ।
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि रसुवामा उद्धार, राहत तथा पुनःस्थापनाका काममा राज्यका निकायको ध्यान केन्द्रित भइरहेका बेला पर्साका पश्चिमी ग्रामीण क्षेत्रमा पर्ने सीमावर्ती नाकामा गाई–भैंसीको अवैध ओसारपसार बढेको आरोप लागेको छ।
स्थानीय स्रोतका अनुसार मिर्जापुर, भेडिहरवा, टिहुकी र भलुवहिया नाकाबाट नेपालतर्फ दुहुना गाई–भैंसी अवैध रूपमा ओसारपसार भइरहेको छ। राज्यका सुरक्षा तथा प्रशासनिक निकायको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित भएको मौका छोपेर तस्करी व्यापक रूपमा भइरहेको स्थानीयको दाबी छ।
सीमावर्ती क्षेत्रका खेत, कच्ची तथा वैकल्पिक बाटो प्रयोग गरी रातको समयमा मात्रै नभई दिनमै समेत उपयुक्त समय मिलाएर पशु तस्करी हुने गरेको स्रोतको दाबी छ।
तस्करी बढेको आरोपसँगै सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीको निगरानीमाथि समेत प्रश्न उठेको छ। स्थानीयका अनुसार सुरक्षा निकायको उपस्थितिमै नियमित रूपमा गाई–भैंसी ओसारपसार भइरहेको स्रोतको दाबी छ।
बीओपी प्रमुख कार्कीमाथि मिलोमतोको आरोप
मिर्जापुरस्थित सशस्त्र प्रहरी बल, नेपाल बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नीर कुमार कार्कीमाथि तस्करीमा संलग्न समूहसँग मिलोमतो गरेको गम्भीर आरोप लागेको छ।
स्रोतका अनुसार तस्करीका लागि सीमित समय र निश्चित बाटो उपलब्ध गराउने तथा तस्करीको गतिविधि सम्पन्न भएपछि मात्र सम्बन्धित क्षेत्रमा पुग्ने गरेको आरोप कार्कीमाथि लगाइएको छ। त्यस्तै, तस्करीमा संलग्न समूहसँग सम्पर्क तथा सूचना आदानप्रदान गर्ने र रकम संकलनका लागि यादव थरका दुई जना स्थानीय व्यक्तिहरू परिचालन गर्ने गरेको दाबीसमेत स्रोतले गरेको छ।
कार्कीले नेपाली मोबाइल नम्बरबाट हुने सम्पर्क अनुसन्धानमा पर्न सक्ने भन्दै भारतीय सिमकार्ड प्रयोग गर्ने र त्यसैमार्फत तस्करीमा संलग्न व्यक्तिहरूसँग सम्पर्क गर्ने गरेको सूचना प्राप्त भएको छ।
स्थानीय स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षकसम्म तस्करीसम्बन्धी सूचना पुगेपछि पनि विभिन्न बहाना बनाएर ढिलाइ गर्ने तथा उनलाई आएको सूचना तस्कर समूहसम्म सिधै पुग्ने गरेको आरोप छ।
किसानको पशु समातेर ‘उपलब्धि’ देखाउने आरोप
स्रोतले बीओपीले किसानका गाई–भैंसी नियन्त्रणमा लिएर कारबाही गरेको देखाउँदै आफ्नो सक्रियता प्रस्तुत गर्ने तर संगठित रूपमा भइरहेको भनिएको तस्करीप्रति प्रभावकारी निगरानी नगरेको आरोपसमेत लगाएको छ।
स्थानीयले भने वास्तविक किसानका पशु नियन्त्रणमा लिनुभन्दा सीमाबाट हुने संगठित तस्करी नियन्त्रणमा सुरक्षा निकायले प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘हेलो सरकार’मा उजुरी परेको दाबी
सशस्त्र प्रहरी निरीक्षक नीर कुमार कार्कीमाथि गाई – भैंसी तस्करीमा मिलोमतो गरेको आरोपमा ‘हेलो सरकार’मा समेत उजुरी परेको स्रोतको दाबी छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार उक्त उजुरीपछि मिर्जापुर बीओपीमा प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा छानबिन टोली पुगेको थियो। तर, छानबिन टोलीले आरोपबारे प्रभावकारी अनुसन्धान नगरी चीया खाएर ५ मिनेट मै फर्केको स्रोतको आरोप छ।
भैंसी तस्करीबाट उठाइएको रकम माथिल्लो तहसम्म पुग्ने गरेको आरोपसमेत स्रोतबाट आएको छ। तर रकम कसलाई, कति र कुन माध्यमबाट पुग्ने गरेको हो भन्ने विषयमा कुनै स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन।
मिर्जापुर, भेडिहरवा, टिहुकि र भलुवहिया नाकाबाट भइरहेको भनिएको गाई–भैंसी तस्करी तथा बीओपी प्रमुखमाथि लागेको मिलोमतोको आरोपबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्। उनीहरूले आरोप पुष्टि भएमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।जनरक्षा वनलाइनबाट ।
हरिकिशोर शर्मा / भदौ २३ जिराभवानी पर्सा
पर्साको पर्सागढी नगरपालिका–२ हरपुर गोडपसरा जाने जिरात बाटोबाट प्रहरीले पक्राउ गरेको काठ तस्कर हत्कडीसहित फरार भएका छन्।
आज बिहान करिब ५ बजेको समयमा जिरात क्षेत्रमा काठ तस्करहरूले साइकलमा करिब १० थान काठ ल्याउँदै गरेको अवस्थामा मनवाबाट खटिएको प्रहरी टोलीले एक जनालाई काठ र साइकलसहित नियन्त्रणमा लिएको थियो। सो क्रममा अन्य तस्करहरू भने फरार भएका थिए।
पक्राउ परेका व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर काठ बरामद गरिएको स्थानमा राखेको थियो। बरामद काठ प्रहरी चौकी लैजान ट्याक्टरमा लोड गर्ने क्रममा प्रहरीको आँखा छलेर उनी हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ।
फरार भएका तस्करको खोजीका लागि बिहानैदेखि जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी टोलीले सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र बनाएको जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही महिना अगाडि मात्र प्रहरीकै लापरवाहिले बडनिहार प्रहरि चौकी बाटै एक जना काठ तस्कर हत्कडि सहित फरार भएको घटना सेलाउन नपाइदै पुन मनवा चौकिको लापरबाहीले दोश्रो घटना घटन पुगेकाे छ स्थानीयले बताएका छ्न ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
